×

NMB BANK
NIC ASIA

दशैंमा घर जाने हो ? यसरी हुँदैछ यातायात व्यवस्थापन

असोज २, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपालीहरूको मुख्य पर्व दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ ।

Muktinath Bank

त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंमा घर जानेहरूको भीडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको छ । दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रवार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।


Advertisment
Nabil box
Kumari

छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दशैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

Vianet communication
Laxmi Bank

महासंघमा करीब सयवटा कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ । 

महासंघसँग समेत सहमति गर्ने गरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी शुरू हुनुअघि विगतका वर्षहरूमा दशैं शुरू हुनुभन्दा १५ देखि १ महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो ।

गत वर्ष भने ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । कोभिड शुरू हुनुपूर्वका वर्षहरूमा दशैंतिहारको अवसरमा १५–२० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका थिए । कोभिड शुरू भएपछि गत वर्ष भने दशैंका बेला ५–६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिएका थिए । 

सरकारले चैत २०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि सो वर्ष लकडाउन अगाडि र लकडाउनबीच अवधि गरेर करीब ६–७ लाख मानिस बाहिरिएका थिए ।

कोरोना सर्ने डर र कतिपय ठाउँमा क्वारेन्टाइनमा समेत बस्नुपर्ने नियमका कारण पनि सो वर्ष चहल पहल कम भएको थियो । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छाडेर बाहिरिने यात्रुको संख्या केही मात्रामा बढी हुने व्यवसायीहरूले अनुमान गरेका छन् । यो वर्ष सरकारले देशव्यापी रूपमा लकडाउन गरेको छैन भने पछिल्लो समय भौतिक रूपमा नै विश्वविद्यालय तथा विद्यालयमा पठनपाठन शुरू गरिएको छ ।

कोरोना संक्रमित र मृतकको संख्या पनि क्रमशः घट्दै गएको छ । दशैंको अवसरमा गत वर्षहरूमा उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा र लगनखेल लगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण गर्ने गरिन्थ्यो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, र सुन्धारालगायत स्थानमा नागरिक सहायता कक्षा स्थापना गरेर यात्रुका लागि समन्वयकारी तथा सहयोगी भूमिका निभाउने गरिँदै आइएको छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x