कस्तो रहला आजको मौसम ?


 हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।


Advertisement

 जसका कारण शनिबार बिहान  देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।


Advertisement

यस्तै दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र  चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्