×

NMB BANK
NIC ASIA

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव हुन्छ : मुख्यमन्त्री शाही

असोज २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् ।

Muktinath Bank

संयुक्त राष्ट्रसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दीगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उनले प्रदेशको विकास जनताको आर्थिक समृद्धिसँग जोडिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्णालीवासीलाई आर्थिकरूपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम सडक, सिँचाइ, स्वास्थ्य, शिक्षा लगायतका महत्त्वपूर्ण क्षेत्रमा जोड दिएका छौं,’ उनले भने, ‘जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको छ ।’


Advertisment
Nabil box
Kumari

कर्णालीको समग्र विकासका लागि प्रदेश सरकारले दीगो विकास लक्ष्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीले बताए ।

Vianet communication
Laxmi Bank

प्रदेशको विकासमा योगदान पुर्‍याउन आमनागरिकले उत्पादन र श्रममा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादक जनशक्तिको विकास आजको प्रमुख आवश्यकता रहेको औंल्याए । नेपालको राजनीतिक स्कुलिङ सही नभएको कारण युवा गलत बाटोमा लाग्ने गरेको उल्लेख गर्दै उनले अबको स्कुलिङ युवा तथा आम नागरिकलाई उत्पादन र श्रममा जोड्नतर्फ केन्द्रित हुने बताए ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले दीगो विकास लक्ष्य कार्यान्वयन गरी विकास र समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएकोे जानकारी दिए । उपाध्यक्ष डा. खड्काका अनुसार सप्ताहमा प्रदेशको समग्र विकासको विभिन्न सरोकारवालासँगको गहन छलफल, बहस, दीगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिव, प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाउँपालिका महासंघका प्रमुख, यूएन एजेन्सी, प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको योजना आयोगले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x