वन्यजन्तुका लागि थापेको विद्युतीय धरापमा परेर एकै परिवारका ३ जनाको मृत्यु

वन्यजन्तुका लागि थापेको विद्युतीय धरापमा परेर एकै परिवारका ३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बर्दियामा विद्युतीय धरापमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।


Advertisement

निकुञ्जबाट आउने वन्यजन्तुबाट खेतबारी जोगाउन थापिएको धरापमा परेर ३ जनाको मृत्यु भएको हो ।


Advertisement

जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित राजबहादुर शाहीको खेतमा थापिएको धरापमा परेर स्थानीय बालकृष्ण थारु, उनकी पत्नी सुनिता र भाउजु बेलमतियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

शुक्रवार राति माछा मार्न खेतबारी हुँदै हिँडडुल गर्नेक्रममा तीनै जना विद्युतीय धरापमा परेका प्रहरीले जनाएको छ ।


Advertisement

घटनापछि प्रहरीले अनुसन्धानका लागि शाहीलाई पक्राउ परेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्