×

NMB BANK
NIC ASIA

सिकाइमा सुधार

अब्बल ‘हेडसर’ प्रेमबहादुर : जसको नेतृत्वमा फेरियो सामुदायिक विद्यालयको मुहार

असोज २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता मावि उत्कृष्ट सामुदायिक विद्यालयमा गनिन्छ । स्कूलको सफलताको श्रेय ‘हेडसर’ प्रेमबहादुर बस्नेतलाई जान्छ ।

Muktinath Bank

विक्रम संवत् २०६० सालमा बस्नेतले प्रधानाध्यापकको भूमिका पाउँदा विद्यालय भवनमा नाममा टिनका छाप्रा थिए । ४०० विद्यार्थीले मात्र पढ्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समुदाय र व्यवस्थापन समितिसँग मिलेर प्रेमको प्रयासबाट जिल्लाको मात्र होइन, राष्ट्रिय रूपमा अब्बल, उत्कृष्ट र नमूना नवीन स्कूल बन्यो ।


Advertisment
Nabil box
Kumari

२०३३ सालमा खुलेको स्कूल बस्नेतको अगुवाइमा २०६० सालपछि राम्रो नतिजासँगै विद्यार्थीको रोजाइँमा पर्न थालेको छ । 

Vianet communication
Laxmi Bank

अहिले स्कूलमा झण्डै ४ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयका आफ्नै सुविधासम्पन्न भवन छन् । विद्यार्थी स्कूलसम्म ल्याउन आफ्नै बस छन् । नमूना विज्ञान प्रयोगशाला छ । सुविधासम्पन्न पुुस्तकालय पनि छ ।

नवीनमा प्रत्येक वर्ष संस्थागत स्कूल छाडेर २ हजारभन्दा बढी विद्यार्थी भर्नाका लागि तछाडमछाड गर्छन् । संस्थागत विद्यालयको शिक्षाले आकर्षित गरेका अभिभावकलाई सामुुदायिक स्कूलमा तान्नु भनेको निकै कठिन काम हो । महंगो शुुल्क लिने विद्यालय आसपासका निजी स्कूलभन्दा राम्रो गुुणस्तरीय शिक्षा नवीनमा भएपछि विद्यार्थीको चाप बढेको छ । 

विद्यार्थीको अनुशासन, व्यवहार र लगनशीलताप्रति बस्नेत चनाखो रहन्छन् । कुनै विद्यार्थीले पढाइमा ध्यान नदिएमा उनी अभिभावकलाई बोलाएर सम्झाउँछन् । कतिपय अभिभावकको घरमा आफैं पनि पुग्छन् । 

२०६५ र २०६७ सालमा विद्यालयले शतप्रतिशत नजिता ल्याएर राष्ट्रिय स्तरमै चर्चा कमायो । ‘भिजन’का साथ काम गरे सामुदायिक विद्यालयको गुमेको साख पुनः ब्यूँताउन सकिने बस्नेत बताउँछन् ।  

प्रेमबहादुरबस्नेत अलि ‘खरो’ स्वभावका पनि छन् । उनी बिहान ९ बज्ने बित्तिकै विद्यालय पुगिसकेका हुन्छन् । शिक्षकको दायित्व बोकेपछि समयमै विद्यालय आउनुपर्ने उनको मान्यता छ । साँझ अबेरसम्म विद्यालय र विद्यार्थीको विकासमा काम गर्छन् । 

उनी भन्छन्, ‘आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्छ । विद्यार्थीलाई सदाचारी बन्न शिक्षा दिने हामीले ठग्न मिल्दैन ।’ विद्यालयको सफलताको लागि व्यवस्थापन समिति, शिक्षक, कर्मचारीको पनि उत्तिकै देन रहेको बस्नेत बताउँछन् । 

२०२६ सालमा बाग्लुङको साविक हरिचौर गाविस (हाल गलकोट नगरपालिका) मा जन्मिएका बस्नेतले विद्यालय तहको पढाइ गाउँकै गलकोट माविबाट पूरा गरे । २०४४ सालमा तत्कालीन एसएलसी परीक्षा उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययनका लागि उनी रूपन्देही झरे । तिलोत्तमास्थित राममणि क्याम्पसमा व्यवस्थापन संकाय पढ्न थाले । रुपन्देही झरेको अर्को वर्षदेखि उनले तिलोत्तमाको ज्योति निमावि (हाल आधारभूत) विद्यालयमा पढाउन शुरू गरिहाले । सानै उमेरदेखि अध्यापनप्रति उनको रुचि धेरै थियो । २०४८ सालमा उनी शिक्षक सेवा आयोगबाट प्रथम पटकमै नाम निकाल्न सफल भए । २०५३ सालसम्म ज्योति माविमै पढाए उनले । त्यसपछि उनी बुटवलको नवीनमा आएका हुन् ।

२०६० फागुन १३ गते उनलाई नवीनमा प्रअको जिम्मेवारी दिइएको थियो । बस्नेतले एमबीएसमा स्नाकोत्तर लुम्बिनी वाणिज्य क्याम्पस बुटवलबाट, बीएड स्नातक बालकुमारी क्याम्पस चितवन र एलएलबी स्नातक बुटवल बहुमुखी क्याम्पसबाट गरेका छन् । 

२०३३ सालमा नवीन औद्योगिक माध्यमिक विद्यालयको स्थापना भएपछि अहिले विद्यालयको नाममा कदर बहादुर रीता थपिएको हो । २०६७ माघ १० गते तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ला हुँदा मन्त्रीस्तरबाट विद्यालयको पछाडि नाम समावेश भएको हो । विद्यालयलाई १० लाख रुपैयाँसम्म दिने दाताको नाम विद्यालयको नाममा समावेश हुने शुरूआती नियम अनुसार बुटवलका कदरबहादुर रायमाझीले रकम दिएपछि विद्यालयको नाम नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय हुन पुग्यो । अहिले विद्यालयको आफ्नै जग्गा २ विगाहा १० कट्ठा रहेको छ ।  

प्रेमबहादुर

‘टिनको छानामुनि बसेर विद्यार्थीहरू पढ्थे । विद्यार्थीको खुट्टामा चप्पल हुन्थेन । विद्यार्थीले पोशाक लगाउने त धेरै परको कुरा थियो,’ विगत सम्झिँदै प्रअ बस्नेत भन्छन्, ‘अभावै–अभावबीच विद्यालय चल्यो तर अहिले सबैका प्रयास र सहकार्यले काम गरेपछि यो अवस्थामा विद्यालय आएको देख्दा आफैंलाई पनि खुशी लाग्छ ।’ सुकुम्बासी बस्तीको नजिक विद्यालय भएकाले मजदुरका सन्तान बढी पढ्न आउने गर्थे । त्यो स्थापनाकालमा ६ कक्षासम्म पढाइ शुरू भएको थियो ।

विद्यार्थीको सिकाइ उपलब्धि कमजोर थियो । त्यसपछि विद्यालयको स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने उनले सोचे । त्यो बेला निजी बोडिङमा अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो । उनले पनि सरकारी विद्यालयमा अंग्रेजी पढाउन सके विद्यार्थीहरू आर्कषित हुने र शिक्षाको गुणस्तर राम्रो हुने निष्कर्ष निकालेपछि २०६४ सालबाट समयको माग अनुसार नर्सरीदेखि पूर्ण अंगे्रजी माध्यमबाट पठनपाठन प्रारम्भ भयो । त्यसपछि विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मार्‍यो ।

यसबीचमा पूर्वाधार अभाव विद्यालयले खेप्यो । प्रअ आफैं कसिए । बुटवलका त्यो बेलाका नेताहरू सूर्यप्रसाद प्रधान, एमालेका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका प्रभावशाली नेता गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री घनश्याम भुसालसँग विद्यालयको विकासको लागि धाइरहे । नेताहरूले पनि बस्नेतको योजनालाई बुझेर विद्यालयको विकासमा बजेट विनियोजनदेखि धेरै क्षेत्रबाट सहयोग गरे । 

त्यसपछि पूर्वाधार पनि पूर्ण भयो । समयको माग अनुसार २०६८ सालबाट व्यवस्थापन संकाय ११ कक्षा शुरू गरी २०७२ सालबाट सिभिल इन्जिनीयरिङ १२ कक्षासम्म सञ्चालन हुँदै आएको छ । अहिले विद्यालयमा ११–१२ कक्षा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानून र शिक्षा संकायको पढाइ हुन्छ । प्रधानाध्यापक बस्नेत र शिक्षक गरी १३ जनाले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । 

‘शिक्षक आफैंले शिक्षणलाई मर्यादित बनाउने हो,’ बस्नेत भन्छन्, ‘हामीले आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन त मिल्दैन ।’ उनी शिक्षकलाई जागिरमुखी मानसिकताबाट पेशामुखी तुल्याउनुपर्ने आवश्यकता औंल्याउँछन् ।

विद्यालयलाई राजनीतिकरणबाट रोक्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘राज्यले शिक्षा क्षेत्रमा अझै पनि पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन ।’ अहिले रुपन्देहीका धेरै विद्यालयहरू सुधारको बाटोमा लागेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x