रडले हानेर छिमेकीको हत्या

रडले हानेर छिमेकीको हत्या
प्रतिकात्मक तस्वीर

पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा १ जनाको मृत्यु भएको छ ।


Advertisement

मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रवार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् ।


Advertisement

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।
 
घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिए । झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित ५ प्रहरी र २ स्थानीय घाइते भएको उनले जानकारी दिए ।

खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्