×

NMB BANK
NIC ASIA

प्रचण्ड र माधव नेपाल प्रतिगामीको पुच्छर भएको ओलीको आरोप, चुनावमा तालमेल नहुने घोषणा

असोज २, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट नभएर प्रतिगामीको पुच्छर भएको बताएका छन् ।  

Muktinath Bank

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कुनै हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्बोधनको क्रममा ओलीले भने, ‘कुनै पनि हालतमा प्रचण्ड कम्युनिष्ट होइनन् । यसका कुनै शंका छैन । प्रचण्डले आफूलाई कम्युनिष्ट भन्न सुहाउँछ ? नाम राखेर हुन्छ ?’


Advertisment
Nabil box
Kumari

कार्यक्रममा ओलीले माधव नेपालले देश र कम्युनिष्टविरूद्ध अपराध गरेको बताए । वामपन्थी सरकार ढालेर नेपालले देश र कम्युनिष्ट आन्दोलन विरुद्ध अपराध गरेको उनले बताए । ‘माधव नेपाल भन्ने मान्छे, जसले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोज्दैछन् । हेर्नुहोस त वामपन्थी सरकार कसरी ढाले, प्रदेश सरकार कसरी ढाल्न खोज्दैछन्,’ ओलीले भने, ‘यिनले कम्युनिष्ट भन्न सुहाउँछ ?’

Vianet communication
Laxmi Bank

आफ्नै पार्टीको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन गएकाले माधव नेपालले अपराध गरेको ओलीले बताए । 

कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नहुने घोषण गरेका छन् । ‘प्रचण्ड र माधव नेपाल प्रतिगामी हुन् । प्रतिगामीका पुच्छर हुन् । उनीहरूको पार्टीसँग चुनावी तालमेल हुँदैन,’ ओलीले भने । 

सम्बोधनका क्रममा ओलीले विद्यार्थी नेताहरूलाई पदको लडाईं गरेर प्रचण्ड र माधव नेपाल नबन्न भनेका थिए  । ‘अहिले विद्यार्थी हुनुहुन्छ । पदको विवाद गरेर प्रचण्ड–माधव जस्तो हुनुभएन ।

प्रचण्ड र माधव नेपालले सधैँ पद र सम्मान मागेको बताएका थिए । 

अनेरास्ववियुका विद्यार्थी नेताहरूले पद प्राप्तिका लागि विभिन्न नेताहरूसँग लबिङ गरेकोमा ओलीले असन्तुष्टि पोखेका थिए । 

अनेरास्ववियुका केही पदाधिकारीको असन्तुष्टिका बीच संगठनको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । पार्टी अध्यक्ष केपी ओलीको चाहनामा उनलाई संगठनको अध्यक्ष बनाइएको अनेरास्ववियुका एक विद्यार्थी नेताले बताए । त्यसै गरी समिक बडाल महासचिव चयन भएका छन् । अनेरास्ववियुको सचिवालयको पूर्ण बैठकले उनीहरूलाई चयन गरेको हो । अनेरास्ववियुका ऐन महरलगायतका पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x