मेगा बैंककी डेपुटी सिईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभुषण

मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छन् । 


Advertisement

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ) घोषणा गरेकी हुन् । 


Advertisement

डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् । 

करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । 


Advertisement

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर शुरू गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्