×

NMB BANK
NIC ASIA

विभूषण र मानपदवीहरूको नाकमा कालो पोतिएको छ, सक्ने भए ती उफ्रिन्थे : केपी ओली

असोज ३, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको विभूषण र मानपदवीहरू लजाइरहेको टिप्पणी गरेका छन् । 

Muktinath Bank

सरकाले छानीछानी आफ्ना मान्छेलाई विभूषण र मानपदवी बाँडेको ओलीले आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले आज आयोजना गरेको संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । तर, अहिले बालाई सम्मान, श्रीमतीलाई सम्मान...।’


Advertisment
Nabil box
Kumari

उनले अघि भने, ‘अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको छोरो सम्मान, अर्कोको छोरी समाजसेवी, अर्कोको छोरो महान समाजसेवी । कस्ता भोका जुकाहरु पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसको दिन बोल्दा ।’

Vianet communication
Laxmi Bank

संविधान दिवसको दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा शहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने उनले बताए ।

‘शहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने, आमाबुबाले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने । आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा । कस्तो भोक । कस्तो आकांक्षा । कस्तो अतृप्ति,’ ओलीले भने ।

बाहिर निस्केर भाषण गर्ने हो भने केही चाहिएको छैन । म अरू जस्तो पदलोलुप होइन, म नातावादी कृपावादी छैन भन्ने तर व्यवहारमा अर्कै हुने गरेको ओलीले बताए । 

‘बाहिर गफ गर्न जति पनि सक्ने । तर, व्यवहारमा पाउँदा हेर्नुस् त अलंकार विभूषणको नाकमा कालो पोतेको । ती विभूषण र मानपदवीहरू लजाइरहेका छन् । बोल्न सक्ने भए उफ्रिन्थे ती । लज्जाजनक छ स्थिति छ,’ उनले भने । 

बेठीक समाचार दिनेहरूलाई, मिडिया र पत्रकारलाई ठूला–ठूला विभूषण दिइएको उनले आरोप लगाए ।

‘झगडिया सम्मानित, मुद्दा हाल्नेहरू सम्मानित । तथानाम बोल्नेहरू सम्मानित । सबैका लागि यो लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्यांकन गर्नेछ,’ ओलीले भने । 

उनले भने, ‘मानपदवी किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? जहाँ बनेको छ त्यहाँबाट घर घर लैजाउ न ।’ 

सरकारले सेटिङका लागि बजेट प्रतिस्थापन विधेयक ल्याएको र त्यसको मारमा परेका उद्यमी व्यवसायीहरूको कुदाकुद शुरू भएको ओलीले बताए । 

‘सरकार के–के मा लागेको छ ? उद्यमी व्यवसायीहरू सेटिङ भयो भनेर कराइरहेका छन् । प्रतिस्थापन विधेयक सेटिङको लागि ल्याइएको रहेछ भनेर व्यवसायीहरू कुदिरहेका छन्,’ उनले भने, ‘७० दिनमा सरकारले पूर्णता पाउँदैन । दुई महिनापछि बजेट होलिडे । कस्तो आश्चर्यको कुरा । बजेट विना सरकार चलिरहेको छ ।’

सरकारले आफ्ना मान्छे नियुक्त गर्नको लागि सुकुम्बासी आयोग विघटन गरेको उनले आरोप लगाए । 

‘पहिलो गरिब सुकुम्बासीहरूको आयोग भंग गर्‍यो । किन रहेछ भनेको त आफ्ना मान्छे नियुक्त गर्नका लागि रहेछ । चाहिने रहेछ त आयोग । किन भंग गरेको ? आफ्नो मान्छेलाई नियुक्त गर्नको लागि मात्रै रहेछ,’ ओलीले भने । 

सरकारको ध्यान विकास निर्माणमा नभएको भन्दै आफ्ना मान्छेलाई मानपदवी बाँड्न र नियुक्ति दिनमा केन्द्रित रहेको आरोप लगाए । 

‘गाउँतिर गरिबी भएको ठाउँमा आफ्ना छोराछोरीलाई मासु खुवाउन भान्से लाग्न जान्थे । यहाँ त आफ्नालाई बाँड्न मात्रै डाडू पन्यू समातेर बसेका छन्,’ ओलीले भने । 

सरकारले पाँच अर्ब रूपैयाँ पाँच लाख मान्छेलाई दशैँ खर्च दिने घोषणा गरेको ओलीले बताए । 

‘क्यासिनोलाई कर छुट दिएको छ । गरीबलाई कर कसेर लाउने, क्यासिनोलाई कर छुट दिएको छ । अनि ल्याउने चाहिँ समाजवाद । क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो ?,’ ओलीले प्रश्न गरे । 

उनले सम्बोधनमा भने, ‘लगानी गर्नलाई स्रोत देखाउन नपर्ने कसकसलाई भनेको हो ? यो गरीबी किसानलाई भनेको हो ? कालो धनलाई सेता बनाउन खोजिँदै छ भनेर अन्तर्राष्ट्रिय रुपमा नेपाल बदनाम भइरहेको छ ।’

सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत् निश्चित क्षेत्रमा लगानी गर्दा पाँच वर्षसम्म लगानीको स्रोत नखोज्ने प्रावधान ल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x