×

NMB BANK
NIC ASIA

एमालेले सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने, ७० वर्षे उमेर हद कायमै

असोज ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले महाधिवेशनबाट नै केन्द्रीय कमिटीका पदाधिकारी निर्वाचित गर्ने गरी संगठन संरचनाको प्रस्ताव स्थायी कमिटीको बैठकमा पेश गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि केन्द्रीय सदस्य र अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने गरी संगठन संरचनाको प्रस्ताव गरिएको थियो । पार्टीभित्र उक्त प्रस्तावको तीव्र आलोचना भएपछि एमालेले त्यसलाई संशोधन गरेर स्थायी कमिटीमा प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।


Advertisment
Nabil box
Kumari

एमाले अध्यक्ष केपी ओलीको चाहनामा उक्त प्रस्ताव आएको भन्दै नेता कार्यकर्ताहरूले विरोध गरेका थिए । तर, ओलीको चाहनामा मनोनयन गर्ने प्रस्ताव नआएको स्थायी कमिटीका एक नेताले बताए ।

Vianet communication
Laxmi Bank

‘त्यसबेला पार्टी अध्यक्षको चाहनामा पदाधिकारी मनोनयन गर्ने प्रस्ताव आएको होइन । स्थायी समितिका केही साथीहरूको त्यस्तो चाहना थियो । प्रस्ताव गरौँ न त प्रतिक्रिया के हुँदो रहेछ भनेर त्यस्तो प्रस्ताव ल्याइएको हो । यसमा अहिले परिमार्जन भइसकेको छ,’ बैठकमा सहभागी एक नेताले भने । 

‘पार्टीलाई प्रादेशिक संरचनामा लैजाने गरी संगठन संरचनाको प्रस्ताव आएको छ । सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था उल्लेख गरिएको छ । उक्त प्रस्तावमा स्थायी कमिटीका नेताहरूले सुझाव दिने क्रम शुरू भएको छ,’ एक नेताले भने । 

एमालेले केन्द्रीय कमिटीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने प्रस्ताव गरेको छ । सबै प्रदेश र समावेशी समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिएर सचिवको संख्या बढाउने प्रस्ताव गरिएको एमाले स्थायी कमिटी स्रोतले बताएको छ । 

धेरैजसो नवौँ महाधिवेशनले पारित गरेअनुसारकै संगठन संरचना रहेको स्रोतले बतायो ।

त्यसबाहेक नेताहरूको उमेर हद पनि ७० वर्ष नै कायम गरिएको छ । ‘आगामी दशौं महाधिवेशनमा उम्मेदवार बन्न ७० वर्षे उमेर हदले कसैलाई रोक्दैनन् । त्यसो हुँदा उमेर हद ठूलो बहसको विषय छैन । त्यसपछिको महाधिवेशनमा पनि ७० वर्ष उमेर पुगेका नेता उम्मेदवार बन्न चाहे भने त्यतिबेला फेरि छलफल हुन सक्छ,’ स्रोतले भन्यो । 

एउटै पदमा दुई पटक भन्दा बढी दोहोरिन नमिल्ने व्यवस्था पनि यथावत् राखिएको छ । 

स्थायी कमिटीमा पेश भएको प्रस्तावमा आज अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल, युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

स्थायी कमिटीमा सबै सदस्यको सुझावसहित पारित भएको दस्तावेज केन्द्रीय कमिटीमा पेश हुन्छ । एमालेले असोजको ८ र ९ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

त्यसैगरी एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमा एमालेका स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x