त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालले पायो १२२ रनको लक्ष्य

ओमनमा जारी नेपाल–अमेरिका–ओमान त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १२२ रनको लक्ष्य पाएको छ । 


Advertisement

ओमानले ३७.१ ओभरमा १२१ रन बनाएर अलआउट भएको छ । आज नेपाली बलरसामु ओमानी ब्याटस्म्यान खुलेर खेल्न सकेनन् । 


Advertisement

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए भने शरद भेषावकरले २ विकेट लिए । 

सिरिजअन्तर्गत गत मंगलवार भएको खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्