×
Bajaj Top
Khukuri
FONEPAY

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने

काठमाडाैं | असोज ३, २०७८

NTC
TVS INSIDE

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । 

Sanima Bank
morang Auto yamaha

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यको आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने लागेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

निष्कासन गरिने आठ लाख कित्तामध्ये पाँच प्रतिशतअर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने दुई प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि  सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण शेयर आगामी असोज ११ गतेबाट निष्कासन गर्न लागेको हो । 

कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले यो शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ । सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कम्पनीले आफ्नो जारी पुँजी  ४० करोड रकम बराबरको प्रतिसाधारण शेयर १०० अंकित दरले हुने ४० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत (१२ करोड) बराबरको १२ लाख कित्ता शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता शेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो । 

नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले चार दशमलव ९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत रु २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ । 

सर्वसाधारणलाई निष्कासन गरिने शेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गराउँदा इक्रा नेपालले कम्पनीलाई माइनस बीबी ग्रेडिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम रहेको बुझिन्छ । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अन...

माघ १३, २०७८

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्...

माघ १२, २०७८

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य ब...

माघ १२, २०७८

यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८/७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवक...

माघ १३, २०७८

बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समुहका श्याम सुन्दर कनौडियालाई सम्मान गरेको छ । कनौडियालाई व्यापार सहजीकरण एबम् राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्...

माघ १२, २०७८

कोभिड १९ को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को महामारी शुरू भएसँगै मुलुकमा ‘स्मार्ट लकडाउन’ थालिएको छ । स्मार्ट लकडाउनअन्तर्गत काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा अहिले जोरविजोर प्रणाली ...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...