×

NMB BANK
NIC ASIA

स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल शीर्ष स्थानमा

असोज ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ ।

Sagarmatha Cement
Muktinath Bank

रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो । हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको सुरुवातदेखि भ्यालेन्सियालार्य दबाबमा राखेको रियलले गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो । ८६औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । भिनिनियसको जारी लिगमा यो पाँचौं गोल हो ।


Advertisment
Nabil box
Kumari

उनले पाँच खेलमा पाँचै गोल गरेका छन् । दुई मिनेट लगत्यै बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियलको जित पक्का बनाएका थिए । जारी लिगमा ६ गोल गरिसकेका बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा छन् ।

Vianet communication
Laxmi Bank

६१ प्रतिशत बल पोसेसन राखेको रियलले पहिलो हाफमा राम्रा अवसर खेर फालेको थियो । १८ वटा पोस्ट प्रहार गरेको रियलले अन्तिममा पुगेर कठिन जित निकाल्यो । भ्यालेन्सियाले १२ वटा पोस्ट प्रहार गरेको थियो । ३९ बल पोसेसन राखेको भ्यालेन्सियाको रियललाई रोक्ने प्रयास सफल भएन । रियलका भिनिसियस ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै शीर्षस्थान कब्जा गरेको रियलले पाँच खेलबाट १३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ११ अंक छ । रियलसँग पराजित भ्यालेन्सिया १० अंक सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रियल सोसिडाडको पनि १० अंक छ ।

आइतबार रातिनै भएको खेलमा रियल सोसिडाड सेभियासँग गोलरहित बरबरीमा रोकिएको थियो । अर्को खेलमा रियल बेटिस र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । घरेलु मैदानमा मालोर्का पनि भिल्लारियलसँग गोलरहित बराबरीमा रोकियो । लिग अन्तर्गत सोमबार राति बार्सिलोना र ग्रानाडाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भईरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ ।  हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x