पाँचौं दिन पनि एमालेद्वारा संसदमा नाराबाजी, अवरोधका बीच विनियोजन विधेयक पारित गर्ने तयारी

फाइल तस्वीर।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार पाँचौँ दिन पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ । 


Advertisement

सोमवार प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरेका हुन् । एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारवाही अगाडि बढाएका छन् ।


Advertisement

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमाले आक्रोशित बनेको छ । 

यसअघि भदौ २३ गते बुधवार, २५ गते शुक्रवार र २७ गते आइतवार र २९ गते मंगलवार एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो ।


Advertisement

विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ । सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने सरकारको तयारी छ ।

त्यसअघि प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ । सोमवार विनियोजन विधेयक पारित भए पनि समग्र बजेट पारित गर्न भने केही दिन लाग्ने भएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्