फ्रान्सका राष्ट्रपतिले दिएनन् बाइडनलाई भाउ

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ऐतिहासिक सुरक्षा सम्झौता अकिसका कारण फ्रान्स बेस्सरी रिसाएको छ । 


Advertisement

तीनै देशले फ्रान्सलाई फकाउन कोशिश गरिरहेको भए पनि फ्रान्सको रिस मत्थर भएको छैन ।


Advertisement

उक्त सम्झौताका कारण फ्रान्सलाई अर्बौं डलरको घाटा लागेका रिसाएको हो । अकिस सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको प्रविधि उपलब्ध गराउनेछ । 

यस सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता रद्द गरेको थियो । 


Advertisement

अमेरिकाले फ्रान्सलाई फकाउन लगातार कोशिश गरिरहेको छ । राष्ट्रपति जो बाइडनले फ्रान्सेली समकक्षी इम्मानुएल म्याक्रोंसँग फोनमा कुरा गर्न चाहेका छन् । तर म्याक्रोंले बाइडनलाई बेवास्ता गरिरहेका छन् । 

फ्रान्स सरकारका प्रवक्ता गेब्रियल एटालले आगामी केही दिनमा फ्रान्स र अमेरिकाका राष्ट्रपतिबीच कुरा हुन सक्ने बताए । अमेरिकाले आफूहरूको विश्वास भत्काएको र यसको स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्