हृदयघात भएर ‘मृत’ घोषित महिला ४५ मिनेटपछि जिउँदै, डाक्टर छक्क !

प्रतिकात्मक तस्वीर

अस्पतालमा डाक्टरले मृत घोषित गर्नुलाई आधिकारिक मानिन्छ । डाक्टरले नै मृत घोषित गरिसकेपछि जीवित हुने सम्भावना हुँदैन । 


Advertisement

तर अमेरिकाको मेरिल्यान्डस्थित एक अस्पतालमा हृदयघातबाट मृत घोषित गरेको ४५ मिनेटपछि एक महिला केथी पेटन जीवित फर्किएकी छन् ।


Advertisement

मृत घोषणा गरेकी ४५ मिनेटमा जीवित फर्किएपछि डाक्टर नै छक्क परेका छन् ।

छोरी बिरामी भएर उपचारका लागि अस्पताल पुगेकी केथीलाई अस्पतालमै हृदयघात भएको थियो । डाक्टरले परीक्षण गर्दा रक्तसञ्चार, अक्सिजनमा समस्या भएर मस्तिष्कसम्म असर परेको देखिएको थियो । त्यसपछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । तर ४५ मिनेटपछि उनी जिउँदै फर्किएकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्