रुसको विश्वविद्यालयमा गोलीकाण्ड, विद्यार्थीको भागाभाग (भिडियो)

रुसको पर्म शहरमा रहेको एक विश्वविद्यालयमा सोमवार गोलीकाण्ड भएपछि तीनजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले खबर दिएका छन् । 


Advertisement

आक्रमणकारीबाट बच्नका लागि मानिसहरू झ्यालबाट भागेको भिडियो पनि सार्वजनिक भएको छ ।


Advertisement

युराल्समा रहको पर्म स्टेट युनिभर्सिटीमा भएको घटनामा कम्तीमा चारजना घाइते भएका छन् । 

कालो लुगा लगाएको एक व्यक्ति भवनभित्र सुस्तरी हिँडेको र मानिसहरू आत्तिएको पनि देखिन्छ । 


Advertisement

गोली चलाउने व्यक्ति १८ वर्षीय किशोर भएको र उनले आफ्नो गतिविधि सामाजिक सञ्जालमा शेयर गरेको बताइएको छ । विश्वविद्यालयको एक कोठामा उनी बसिरहेको बताइएको छ । 

केही सञ्चारमाध्यमले ती बन्दूकधारीलाई प्रहरी अधिकृतहरूले जवाफी कारवाहीमा मारेको खबर पनि दिएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्