×
Bajaj Top
Khukuri
FONEPAY

भूमि आयोग नहुँदा पनि धमाधम जग्गा नापजाँच गर्दै बेलका नगरपालिका

विराटनगर | असोज ४, २०७८

NTC
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि आयोग खारेज गरियो । देउवा सरकारले हालै केशव निरौलाको अध्यक्षतामा आयोग पुनर्गठन गरेको छ ।

Sanima Bank
morang Auto yamaha

केन्द्रमा आयोग विघटन र पुनर्गठनको खेल चलिरहेका बेला उदयपुरको बेलका नगरपालिकाले धमाधम जग्गा नापजाँचको काम गरिरहेको छ । सर्वाेच्च अदालतले आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बेलका नगरपालिकाले २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको छ । वडा नम्बर ५ र ३ मा २०० विगाहाभन्दा बढी जग्गा नापिसकेको मेयर दुर्गाकुमार थापाले बताए । ‘जम्मा ११ सय कित्ता जग्गा नापिसकेका छौं,’ उनले भने, ‘हामीले त्यही काम गर्नका लागि भनेर राखेका कर्मचारीहरू बिदाका दिन पनि काममा खटेका छन् ।’

बेलका नगरपालिकाले छुट्टै सफ्टवेयरको विकास गरेर जग्गा नाप्ने काम गरिरहेको छ । नापी कार्यालयको सहयोग लिएर काम गरिरहेको नगरपालिकाले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयबाट पटक–पटक फोन गरेर काम रोक्न धम्क्याए पनि आफूले काम नछाडेको मेयर थापाले बताए ।

‘मेरो काम म सक्छु, पछि मान्यता दिन/नदिने तपाईंहरूको काम हो, मलाई धम्की नदिनुहोला भनेर मन्त्रालयलाई पत्र नै पठाएको छु,’ थापाले भने । आयोगले सहजीकरण गर्ने र स्थानीय तहले नापजाँचको काम गर्ने भएकाले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेको मेयर थापाले बताए ।

जग्गाको कोडिङ र नक्सांकन गर्ने काम भइरहेको भूमि व्यवस्थापन इकाई प्रमुख मनिषा राईले बताइन् । उनका अनुसार बेलकामा भूमिहीन दलित ५४३, भूमिहीन सुकुम्वासी १ हजार २८४ र अव्यवस्थित बसोबासी ८ हजार ९२२ गरी १० हजार ७४९ जनाको निवेदन परेको थियो । १ नम्बर प्रदेशमा पहिलो चरणमा बेलकासँग सम्झौता गरिएको थियो ।

अन्य पालिकाका कर्मचारी भने कामविहीन भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साउन १९ गतेदेखि कुनै पनि काम अगाडि नबढाउनू भनी परिपत्र गरेपछि आयोगमा जिल्ला तथा स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा आएर चिया खाएर दिन कटाइरहेका छन् । 

१ नम्बर प्रदेशका १४ जिल्लाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले १ लाख ७५ हजार आवेदन दिएका थिए । १३७ पालिकामध्ये १३२ वटा पालिकाले भूमि सम्बन्धी समस्या समाधान जिल्ला समितिसँग सम्झौता गरेर तथ्यांक संकलन, आवेदन लिने र जग्गा नापीको काम अघि बढाएका थिए ।  आएका आवेदनमध्ये १५ हजार आयोगको सफ्टवेयरमा प्रविष्ट भइसकेका र अन्य प्रविष्ट गराउने काम धमाधम भइरहेको अवस्थामा आयोग नै खारेज भएपछि सफ्टवेयर ‘लक’ गरिएको थियो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनका लागि ८ वटा पालिकाले जग्गाको नापी समेत शुरू गरिसकेका थिए । आयोगका अनुसार मोरङको कानेपोखरी, सुनसरीको बराहक्षेत्र, झापाको कनकाई र गौरादह, उदयपुरको बेलका, चौदण्डीगढी, कटारी र इलामको माई नगरपालिकाले जग्गा नापीको काम शुरू गरिरहेका थिए । अरु पालिकाले काम रोकेपनि बेलकाले भने कामलाई निरन्तरता दिइरहेको छ । १३२ वटा पालिकामा १ हजारभन्दा बढी कर्मचारी खटिएका थिए । 

मोरङको विराटनगर महानगरपालिका, जहदा, धनपाल गाउँपालिका र ताप्लेजुङको मिक्वाखोला, फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले आयोगसँग सम्झौता गरेका थिएनन् । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ३०, २०७८

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रि...

माघ ३, २०७८

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश समितिले आज विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री राईलाई सङ्गठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उ...

माघ २, २०७८

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्...

पुस ३०, २०७८

यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोर...

माघ ३, २०७८

नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२  प्रहरी अधिकृतलाई प्रहरी महान...

पुस २९, २०७८

कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सद...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...