कोरोना संक्रमण : १०९५ नयाँ संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ नमूना परीक्षणमध्ये ९७५ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisement

यससँगै नेपालमा हालसम्म ८ लाख ७४ हजार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४८ पुगेको छ । 


Advertisement

मन्त्रालयका अनुसार थप २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ । 

हाल मुलुकभर २२ हजार ३२३ सक्रिय संक्रमित छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्