कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बुटवलमा सोमवार वर्षा हुँदा फेरि ज्योतिनगरमा पहिरो गएर ९ घर पुरिएका छन् ।
निरन्तर वर्षा भइरहेकाले ज्योतिनगरमा ढुंगा र रूख सहितको लेदो झरिरहेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको छ ।
चुरेबाट झरेको पहिरोले ज्योतिनगरमा त्रास फैलिएको छ । यसअघि गत भदौ १३ गतेदेखि ३ दिनसम्म अविरल वर्षा हुँदा ७ घर पुरिनुका साथै २० घरभित्र बस्नै नमिल्ने गरी हिलो सहितको लेदो पसेको थियो ।
ज्योतिनगर बुटवल–३ स्थित चुरेको फेदमा पर्छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले ७ घर पुरिएका र १ दर्जनभन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको लोकान्तरलाई जानकारी दिए ।
चुरेको फेदबाट बाटो बनाउँदा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र चिरिएको छ । सोमवार बिहानैदेखि बुटवल तथा आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । ज्योतिनगरमा धेरै जोखिममा परेका घरका परिवारलाई अन्यत्र सार्ने पहल भइरहेको छ ।
ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो । त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो । २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन् ।
पहिरो निरीक्षणमा पुगेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई आक्रोशित १ युवाले मुक्का समेत प्रहार गरेका छन् ।
पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ । बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए सिंगो बुटवल नै प्रभावित हुने विज्ञले चेतावनी दिएका छन् ।
अनुसन्धानकर्ताले बुटवलसँग जोडिएको चुरे क्षेत्र कमजोर रहेको र भू–स्लखनको समस्या निम्तिने भएकाले फेदीका बस्ती व्यवस्थापन गर्न सुझाएका थिए । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिले ५ वर्षअघि त्रिविको केन्द्रीय वातावरण विज्ञान विभागसँगको सहकार्यमा २२ जिल्लाका चुरेको पहिरोबारे अध्ययन गरेको थियो ।
समिति कार्यान्वयन एकाइ बुटवलका प्रमुख उपसचिव अजय कार्कीले २५ वर्षअघिको सुझाव सरोकारवाला निकायले कार्यान्वयन नगर्दा भदौ दोस्रो हप्ता बुटवल–३ र ४ मा पहिरोले क्षति गरेको बताए ।
पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनःस्थापना र तत्कालीन राहतसहित करीब डेढ करोड बराबरको सुरक्षा प्रबन्ध गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । रातिदेखि परेको वर्षाले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउनासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा मेयर पुगेका थिए । त्यही बेला आक्रोशित युवाले मेयर सुवेदीमाथि जाइलागेका थिए । मेयरलाई मुक्का हान्ने पहिरो पीडित गणेश पंगेनी रहेको बताइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...