१४ सांसदमाथिको कारवाही सम्बन्धमा अन्तरिम आदेशको टुंगो आज

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वैधता तथा १४ सांसदमाथिको कारवाहीका सम्बन्धमा नेकपा एमालेले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।


Advertisement

सोमवार हेर्दाहेर्दैमा रहेको रिट न्यायाधीश दीपक कार्की र डा. कुमार चुडालको इजलासमा मंगलवार पनि सुनुवाइ हुन थालेको हो ।


Advertisement

पार्टीले कारवाही गरेका माधव नेपाललगायत १४ सांसदको हस्ताक्षरलाई सनाखत गराएर पार्टी दर्ता गरिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सर्वोच्चमा रिट दायर गरेका थिए ।

साथै रिटमा पार्टीले १४ सांसदमाथि गरेको कारवाहीलाई सदर नगरेकोमा सभामुख अग्नि सापकोटालाई पनि विपक्षी बनाइएको छ ।


Advertisement

यो रिटमा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगो आज लाग्ने सम्भावना छ ।

सोमवारको बहसमा नेकपा एमालेका तर्फबाट ओली प्रधानमन्त्री छँदा कानूनी सल्लाहकार रहेका अधिवक्ता बाबुराम दाहाल, तत्कालीन महान्यायाधीवक्ता रमेश बडाल लगायतले बहस गरेका थिए । 

माधव नेपाल लगायत १४ जनालाई सांसदलाई पदमुक्त गर्न ओलीले गरेको आग्रह सभामुख सापकोटाले अस्वीकार गरेका थिए ।

निर्वाचन आयोगले भदौ ९ गते माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई पार्टीको मान्यता दिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्