राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता होइन संसदमा छलफल हुनुपर्छ– एमाले

फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा ल्याएर छलफल चलाउन सरकारलाई चुनौती दिएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँग समय लिएर एमाले सांसद देवेन्द्र दाहालले आफ्नो पार्टी विभाजनका लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका हुन् । 


Advertisement

‘सरकारले ल्याएको अध्यादेशले के लोकतन्त्रलाई बलियो बनायो ? यो सरकार स्वार्थहरूको झुण्डमा रुपान्तरण भएको छ । संसद्मा गुरिल्ला अभ्यास गरिँदैछ । संसद्मा एउटा मर्यादा हुन्छ, तर मन्त्रीले कुनामा बसेर गुरिल्ला स्टाइलमा प्रस्ताव पेश गर्ने काम भयो,’ उनले भने ।  


Advertisement

दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभई संसद्मा छलफल गर्न माग गरे । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले मंगलवार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

एमालेको अवरोधका बावजुद प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक २०७८ राष्ट्रिय सभामा टेबुल भएको छ ।


Advertisement

मंगलवार नै बस्ने राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारी छ । 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्