राष्ट्रबैंक ३० अर्बको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।


Advertisement

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । 


Advertisement

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । 

यसअघि नेराबैंकले गत भदौ १७ गते ७ दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् ।


Advertisement

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरूपमा एसएलएफ सुविधा लिने गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले चालू आवमा बुधवारसम्म ४ खर्ब ९ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन् । बैंक वित्तीय संस्थाले बुधवार मात्र १२ पटकमा २७ अर्ब २४ करोड एसएलएफमार्फत उठाएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
 

कमेन्ट गर्नुहोस्