×

NMB BANK
NIC ASIA

एकीकृत समाजवादीमा ७ उपाध्यक्ष, यी हुन् पदाधिकारी [सूचीसहित]

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीको बैठकले पार्टीमा ७ नेतालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

Muktinath Bank

नयाँ बानेश्वरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले नेताहरूको कार्यविभाजन गरेको सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव राखिएका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीको महासचिवमा डा. बेदुराम भुसाल चयन भएका छन् । 

Vianet communication
Laxmi Bank

यस्तो छ पदाधिकारीको सूची र निर्णयहरू –

प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष क.माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रथम केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भयो । २०७८ असोज ५ गतेदेखि आज ७ गतेसम्म काठमाडौंको नयाँ बानेश्वरमा आयोजित उक्त बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ । 
१. कार्यविभाजन
क. पदाधिकारी
अध्यक्ष–     क.माधवकुमार नेपाल
वरिष्ठ नेता–     क.झलनाथ खनाल
नेता–         क. मुकुन्द न्यौपाने
उपाध्यक्ष–     क. राजेन्द्र पाण्डे
उपाध्यक्ष–     क.प्रमेश हमाल
उपाध्यक्ष–     क.घनेन्द्र बस्नेत
उपाध्यक्ष–     क.केदार न्यौपाने
उपाध्यक्ष–     क.केशवलाल श्रेष्ठ
उपाध्यक्ष–     क.धर्मनाथप्रसाद साह
उपाध्यक्ष–     क. जयन्ती राई
महासचिव–     क. डा.बेदुराम भुषाल
उपमहासचिव– क. प्रकाश ज्वाला
उपमहासचिव– क. डा.गंगालाल तुलाधर
उपमहासचिव– क.डा.विजय पौडेल
सचिव–     क. नागेन्द्रप्रसाद चौधरी
सचिव–     क. जगन्नाथ खतिवडा
सचिव–     क. राजेन्द्रकुमार राई
सचिव–     क. रामकुमारी झाँक्री
ख.स्थायी कमिटी 
३५ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । 
ग.पोलिट्व्युरो
७१ सदस्यीय पोलिट्व्युरो गठन गरिएको  छ। 
घ. केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३०१ सदस्यीय गठन गरिएको छ । 
ङ. सम्पूर्ण प्रदेश तथा जिल्लामा इञ्चार्जहरुको जिम्मेवारी प्रदान गरिएको छ ।
च. केन्द्रीय कमिटीबाहेकका सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ ।
छ. महिला तथा युवा सहभागिताका सन्दर्भमा पार्टीका सम्पूर्ण तहका कमिटीमा एक तिहाई पुर्‍याउने कुरालाई उच्च प्राथमिकता दिने ।

२. आजको बैठकबाट ‘तात्कालिक कार्ययोजना– २०७८’ पारित गरिएको छ । त्यसअन्तर्गत निम्न कार्य गरिने छ ।
– नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने 
– पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने । कम्युनिष्ट आन्दोलनका राम्रा र उपलब्धीमूलक विधि र परम्पराहरुको पुनर्जागरण गर्ने ।
– तीन महिनाभित्र देशका सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ । साथै, विभिन्न तहका कमिटीहरुको गठन, पुनर्गठन, विस्तार, रुपान्तरण, सदस्यता वितरण तथा भेला, बैठक एवं छलफलहरुको आयोजना गरिने छ ।  
३. केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरिएको  छ ।
उक्त केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७०१ सदस्यीय हुनेछ । 
४. आयोग, विभागहरु तथा सल्लाहकार
क. पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन्  । ती आयोगहरु बढीमा ३५ सदस्यीय गठन गरिने छ । 
ख. पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरु बढीमा २५ सदस्यीय हुने छन् । 
ग. केन्द्रीय सल्लाहकार कमिटी १५१ सदस्यीय गठन गरिनेछ ।
घ. ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गरिने छ । 
५. बैठकले समसामयिक प्रस्तावहरु पारित गरेको छ । 

हार्दिक अभिवादनसहित

(जगन्नाथ खतिवडा)
सचिव, केन्द्रीय कमिटी तथा प्रमुख, 
प्रचार विभाग

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x