×

NMB BANK
NIC ASIA

वैशाखसम्म सबैलाई कोरोना विरुद्धको खोप लगाइसक्ने योजना छ : प्रधानमन्त्री देउवा

असोज ७, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समाराहमा प्रधामन्त्री देउवाले यस्तो बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःखेसो गरे । प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरु खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री देउवाले भने, ‘अघि वासुदेव बर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुवाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई, कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिति छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरी त, अत्यन्तै दुखित भएको छ । म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने विश्वास दिलाउन चाहन्छु, मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिट्टै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ, त्यसैकारण अहिले कोभिड पनि खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरू मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौं, महामारी प्राकृतिक विपत्ति हो, समावेशी लोकतन्त्रको पक्षधर भएको नाताले राज्यका सञ्चारमाध्यमहरू पनि सम्पादकीय स्वतन्त्रतको सुनिश्चितता गर्दै स्वतन्त्ररूपमा सञ्चालन हुन् भन्ने वर्तमान सरकारको चाहना छ, नेपालको पत्रकारिता पेशा जोखिमपूर्ण भएको छ, यस्तो जोखिमका बाबजुद नेपाली नागरिकको सूचनाको हक रक्षा पत्रकारहरूले गर्दै आइरहेको सूचनाको संकलन र सम्प्रेषण गर्ने कार्य वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन पत्रकारको पेशागत हीत रक्षाको लागि प्रतिवद्ध छ, विगतका गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर छ, नेपालमा प्रेस स्वतन्त्रताको हक छ, त्यसैले सत्य,तथ्यमा आधारित समाचार बनाउनुपर्छ, आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र पत्रकारिताको काम गर्नुपर्छ, सरकारको पनि यही चाहना छ ।’

उनले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकाले विभिन्न सांस्कृतिक, ऐतिहासिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकाले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकोले त्यो काम हट्नुपर्ने बताए । उनले सरकारको टेलिभिजन भए पनि सबैलाई निष्पक्ष रूपले हेर्नुपर्ने बताए ।

२०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा नेपाल टेलिभिजनका पत्रकार द्वय हेम र सुनिलको निधन भएको थियो ।

त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन् । बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्कृत गरेको छ ।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्राप्त गरेका बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x