बालुवाटार काण्डमा विजय गच्छदारको जवाफ : ‘म जग्गा कारोबारी होइन’

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् ।


Advertisement

प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए । 


Advertisement

१९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको बताए । 

जग्गा सम्बन्धी निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनले बताए । ‘तत्कालीन प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीलाई पनि कारवाही हुनुपर्‍यो,’ उनले भने, ‘म मात्रै कसरी परे ? निर्णय गर्ने सबै, कारवाही भोग्ने बेलामा म मात्रै ?’


Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि समेत उनले प्रश्न उठाए । ‘ललिता निवास सम्बन्धीको फाइल मात्रै मन्त्रिपरिषद्को बैठकमा पेश मैले पेश गरेको हुँ,’ उनले भने ।

गच्छदारले २०९९ सालसम्म आफू सक्रिय राजनीतिमा रहने घोषणा गरे । उनले योजना बनाएर नै फसाए पनि अदालत र जनताबाट न्याय पाउने विश्वास व्यक्त गरे । ‘मेरो लागि न्याय भनेको नै जनता हो, उहाँहरूले साथ दिनुभयो भने झूटा मुद्दाले केही पनि गर्दैन । म जनताको शरणमा आएको छु,’ भावुक हुँदै गच्छदारले भने ।

आफू मन्त्रिपरिषद्को सदस्य मात्रै भएकाले सरकारले सक्छ भने दोषी देखिए त्यस समयका गृहमन्त्री भीम रावल र विद्यादेवी भण्डारीलाई समेत कारवाही गर्न उनले माग गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्