×
Bajaj Top
Khukuri
FONEPAY

बालुवाटार काण्डमा विजय गच्छदारको जवाफ : ‘म जग्गा कारोबारी होइन’

विराटनगर | असोज ७, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

१९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको बताए । 

जग्गा सम्बन्धी निर्णय मन्त्रिपरिषद् बैठकले गरेकाले दोषी भए प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई कारवाही हुनुपर्ने उनले बताए । ‘तत्कालीन प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालसहित अन्य मन्त्रीलाई पनि कारवाही हुनुपर्‍यो,’ उनले भने, ‘म मात्रै कसरी परे ? निर्णय गर्ने सबै, कारवाही भोग्ने बेलामा म मात्रै ?’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि समेत उनले प्रश्न उठाए । ‘ललिता निवास सम्बन्धीको फाइल मात्रै मन्त्रिपरिषद्को बैठकमा पेश मैले पेश गरेको हुँ,’ उनले भने ।

गच्छदारले २०९९ सालसम्म आफू सक्रिय राजनीतिमा रहने घोषणा गरे । उनले योजना बनाएर नै फसाए पनि अदालत र जनताबाट न्याय पाउने विश्वास व्यक्त गरे । ‘मेरो लागि न्याय भनेको नै जनता हो, उहाँहरूले साथ दिनुभयो भने झूटा मुद्दाले केही पनि गर्दैन । म जनताको शरणमा आएको छु,’ भावुक हुँदै गच्छदारले भने ।

आफू मन्त्रिपरिषद्को सदस्य मात्रै भएकाले सरकारले सक्छ भने दोषी देखिए त्यस समयका गृहमन्त्री भीम रावल र विद्यादेवी भण्डारीलाई समेत कारवाही गर्न उनले माग गरे ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन,...

माघ ५, २०७८

निर्वाचनसँग सम्बन्धित कानूनमा व्यवस्था भएअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने देखिएको छ । संविधानले स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल ५ वर्ष हुने भनेको छ । संविधा...

माघ ५, २०७८

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा परिवारका सदस्यसहित कोरोना संक्रमित भएका छन् । महामन्त्री शर्माले बुधवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै संक्रमण भएको पुष्टि गरेका छन् । शर्माको परिवार ८ महिनाअघि सम...

माघ ५, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो प...

माघ ४, २०७८

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका...

माघ ५, २०७८

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेको ६ महिना पुग्यो । नयाँ सरकार बनेपछि २०७८ भदौ १ गते आह्वान भएको नवौं अधिवेशनदेखि हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...