×

NMB BANK
NIC ASIA

उद्यम

‘लाहुरे’ बन्न नसकेपछि सुँगुर पालेर स्वदेशमै मासिक २ लाख कमाइ

असोज ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

धरान बजारलाई लाहुरेको बजारका रूपमा चिनिन्छ । त्यहीँ हावापानी खाएर हुर्केका कुइटो लिम्बुलाई पनि लाहुरे बन्ने रहर जाग्यो ।

Muktinath Bank

रहरले मात्रै कहाँ पुग्छ ? कुइटोले धेरै मेहनत पनि गरे । सिंगापुर पुलिसमा जागिर खाने इच्छा राख्दै कुइटोले शारीरिक र मानसिक तयारी गरिरहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शरीरलाई दुरुस्त बनाउन उनले २ वर्षसम्म चना, अण्डा, केरा, फलफूल, माछामासु र दूधदही लगायतका पोषिलो खानेकुरा खाए । तालिम केन्द्रमा उनले प्रशिक्षण पनि लिए । शरीर बलियो बनाउन बिहान–साँझ बोरामा माटो बोकेर दगुर्ने पनि गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

कुइटो २ पटक सिंगापुर प्रहरीको परीक्षामा पास त भए तर तोकिएको कोटाभित्र परेनन् । ३० जनाका लागि भर्ना खुलेको बेला उनी ३१/३२ नम्बरमा पर्थे । जसले गर्दा सिंगापुर पुलिसमा जागिर खाने प्रयासमा उनी असफल भइरहे । उनले २० वर्ष उमेर पुग्दासम्म कोसिस गरे, त्यसपछि सिंगापुर पुलिसमा आवेदन दिन नपाइने भएपछि उनी पछि हटे । यससँगै लाहुरे बन्ने कुइटोको सपना पूरा हुन सकेन ।

Vianet communication
Laxmi Bank

लाहुरे सपना तुहिएपछि कुइटो जिन्दगीबारे सोच्न थाले । उनले स्वदेशमै केही काम गर्ने योजना बनाए । मोरङको बेलबारीमा आफ्नै जग्गामा कुइटोले माछापालन गर्ने योजना बनाए । 

‘माछाको पोखरी खनेर पालन गर्न थालें, त्यससँगै ६ वटा सुँगुरबंगुरका खोर बनाए । बंगुरका राम्रा खालका भुनी (पाठी) र वीर (भाले) खोजें,’ उनले भने । उनले ९ लाख लगानी गरेर खोर बनाए, तिनै माउ बनेर बच्चा उत्पादन दिन थाले । 

बंगुरको एउटा माउले १ पटकमा १२–१५ वटासम्म बच्चा जन्माउने गरेको उनले बताए । ‘बच्चा जन्माएको समयमा धेरै खट्नुपर्ने हुन्छ,’ उनले भने, ‘माउले किचेर मार्न पनि सक्छ । पहिलो चरणको कोरोनाको महामारीको समयमा भएको लकडाउनमा होटल, रेस्टुरेन्ट बन्द भएपछि मासु नचल्दा भुनी र वीरको भाउ ओरोलो लागेको थियो ।’

सुँगुर–बंगुरको मासु धेरै चल्ने धरानको बगरकोट बन्द हुदाँ झापा, मोरङ, सुनसरी र धनकुटाका किसानलाई असर गरेको उनले बताए । ‘त्यसको प्रभाव मैले पनि खेप्नुपर्‍यो,’ उनी भन्छन् । एउटा बच्चा ६ हजार ५०० देखि ७ हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए । कुइटोको फर्ममा वार्षिक ४००–४५० वटा बच्चा उत्पादन हुने गरेका छन् । सुँगुर पालेरै मासिक २ लाख रुपैयाँसम्म कमाइ भइरहेको उनले बताए ।

कुइटोको बंगुर फर्ममा ७ वटा भाले र ५५ वटा माउ छन् । ३ वर्षअघि ९ लाख रुपैयाँ लगानीबाट बंगुरपालन शुरू गरेका कुइटोको लगानी अहिले करोड नाघेको छ । उनको दिनचर्या बंगुर रेखदेखमै बित्ने गरेको छ । कुइटोले ३ जनालाई थप रोजगारी समेत दिएका छन् । उनलाई पत्नी एलिना राईले सहयोग गरेपछि थप हौसला मिलेको छ । उनको फर्ममा ड्युरोक, ल्यान्डरेस, हेमसार, पाख्रिवासे र योगसार प्रजातका बंगुर रहेका छन् ।

खोर सफा गर्ने, पानी खुवाउनेसम्मका काममा आफू समेत खट्ने गरेको उनले बताए । कुइटोको दिनचर्या सुँगुरको हेरचाहमा बित्ने गरेको छ । कुइटो भन्छन्, ‘बजारको कुनै अभाव छैन, अहिले गाउँतिर पनि प्रशस्त फर्महरू खुल्न थाले । त्यहाँ बच्चाहरू लैजान्छन् ।’

‘पहिलो चरणको लकडाउन हुँदा बंगुरको बजारीकरणमा समस्या हुदाँ पनि ८ लाख रुपैयाँ खुद नाफा कमाएको थिएँ,’ उनले भने, ‘लकडाउन मात्रै नहुने हो भने वार्षिक १५ लाख रुपैयाँसम्म कमाउनका लागि अर्काको देशमा जानु पर्दैन ।’

उनको खोरमा १००–४०० किलोसम्मका सुँगुर छन् । अहिले धेरै बच्चा गर्भमै बिक्री हुने गरेका उनले बताए । भुनी (पोथी) २०० देखि माथिका र बुच्चा २५० किलोग्रामभन्दा माथिका रहेका उनी सुनाउँछन् । ‘फर्ममा माउ पाठा गन्दा ३०० भन्दा कम कहिल्यै हुँदैनन्,’ उनले भने । कुइटोले झापा, पोखरा लगायतका स्थानबाट उन्नत जातका बंगुर ल्याएर पालिरहेका छन् । दानापानी समयमा मिलाएर दिँदा बंगुरले छिट्टै फाइदा दिने उनले बताए ।

‘बोटमा पैसा फल्छ होला भनेर मैले पनि सिंगापुर जान खाजेको थिएँ,’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा पसिना बगाउँदा नेपालमै राम्रो कमाइ गर्न सकिँदो रहेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x