×

NMB BANK
NIC ASIA

ओलखेतीबाट मनग्ये आम्दानी

असोज १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा  ओलखेती भएको छ ।

Muktinath Bank

यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो । जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिकरूपमै ओलखेती हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओल थोरै सिचाइँमा पनि हुने र अन्य तरकारी बालीभन्दा चोटिलो वर्षा खेप्नसक्ने भएको हुँदा किसानको रोजाइमा पर्ने गरेको छ । थोरै लगानी र कम मेहेनतमै अपेक्षित उत्पादन लिन सकिएपछि यसको व्यावसायिक खेतीतर्फ किसानमा आकर्षण बढेको हो । अहिले जिल्लाका बजारहरुमा नयाँ उत्पादित ओलको बजार जमेको छ ।


Advertisment
Nabil box
Kumari

सिँचाइको स्थायी उपाय (सधैँभरि कुलो नहर लाग्ने) नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलफूल र तरकारी खेतीमा रम्ने गरेका देखिन्छ । तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्नसक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउँछन् ।

Vianet communication
Laxmi Bank

“यसपालि कोभी, भाण्टा, खोर्सानी र रामतोरइका बोट तथा अरु लहरे तरकारीका बेला (लहरा) लगातारको वर्षाले पिटेर गलायो, ओलले भने जेनतेन वर्षा खेपेकाले धेरथोर नगदको मुख हेर्न पाइएको छ”, उनले भने, “पाखेबारीमा ड्याङमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओलचाहिँ अरु बालीजस्तो पानीले गलाउन सकेन ।”

दशैँ, तिहार र छठपर्वको मुखमा नगद खर्चको मेसो ओलमै अडेको महतोको भनाइ छ ।

जिल्लाको उत्तरी क्षेत्रका  यी चार नगर क्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्तीमा ओलखेती लगाइन्छ । प्रतिकठ्ठा १०÷१२ क्विन्टल उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौँ नबिग्रने हुँदा फुर्सद र भाउ बुझेर बजार लान पाइने किसान बताउँछन् । जिल्लामा अहिले करिब २०० बिघा हाराहारी क्षेत्रफलमा ओलखेती रहेको स्थानीय कृषि अभिलेखबाट देखिन्छ ।

खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आफूले वर्षेनी रु पाँच लाख आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका किसान अरुण कुशवाहा जानकारी दिए । “यो हाम्रो नगदको जोहोमात्र होइन, घरगुजाराको सबै थोक हो”,  उनी भन्छन्, “चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्छौँ ।” माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिकोणले अति नै लाभदायक र  निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो ।

ओलको तरकारीका साथै अचारको परिकार प्रसिद्ध छ । शीतभण्डारको सुविधा भए  ओल वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन् । प्र्रतिकट्ठा रु पाँच÷सात हजार लगानीभित्र गर्न सकिने ओलखेतीबाट आम्दानी प्रतिकठ्ठा रु २५÷३० हजारसम्म लिन सकिने किसानको भनाइ छ । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० प्रतिकिलो सरदर नै बिक्री हुने गरेको भङ्गाहा–४ का किसान रामजी यादव बताउँछन् ।

नगरभरि नै ओलखेती हुने गरेकाले बर्दिबास, भङ्गाहा, गौशाला र औरहीका किसानले आफ्नो उत्पादन एकत्रित गरेर जलेश्वर, जनकपुर, मलङ्वासहितका नजिकका बजार र पूर्व मेचीबाट पश्चिम महाकालीसम्म उत्पादन पुग्ने गरेको भङ्गाहा–४ कै अर्का किसान सत्यनारायण यादवको भनाइ छ । आफ्नो क्षेत्रको ओल बीउका लागि कैलाली, कञ्चनपुरसम्म पु¥याइएको किसान यादवले बताए ।

प्रत्येक वर्ष चैत–वैशाखमा रोपिने ओल भदौै–असोजभरि खनेर निकालिन्छ । विषादि छर्किनु नपर्ने, हल्का सिँचाइमै गर्न सकिने र चार महिनाभित्रै उत्पादन लिन सकिने भएपछि ओल किसानबीच लोकप्रिय हुँदै गएको हो । अचेल विभिन्न कृषि कार्यालय, बीउबिजन केन्द्र र बीउ उत्पादकहरु आफ्ना स्थायी ग्राहक नै बनेका यहाँका किसानको भनाइ छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ–आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x