माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
असोज १०, २०७८
शनिवार राति चीनको शनचन शहरमा एयर चाइनाको विमानबाट रातो वस्त्र लगाएकी एक महिला ओर्लिन् । विमानबाट बाहिर आउने क्रममा उनले आफूलाई स्वागत गर्न आएका मानिसहरूलाई हेर्दै हात हल्लाइन् ।
उनी हुन् चीनको विशाल टेलिकम्युनिकेसन कम्पनी हुआवेकी प्रमुख वित्तीय अधिकारी मङ वान्चो । क्यानडामा एक हजार दिनभन्दा बढी समय नजरबन्द बनाएर राखिएकी मङलाई चीन सरकारले विशेष चार्टर विमानमा राखी भ्यानकूभरबाट शनचन ल्याएको हो ।
विमानबाट ओर्लेर सानो सम्बोधन गर्दै मङले एक हजार दिनभन्दा बढीको यातना झेलेर मातृभूमिको अँगालोमा आइपुगेको बताइन् । उनको स्वागतका लागि विमानस्थलमा भेला भएकाहरू उनलाई देखेर तथा उनको सम्बोधनलाई सुनेर खुशी हुँदै ताली बजाए ।
हुआवेका संस्थापक रन चङ्फेकी छोरी मङलाई अमेरिकाको दबाबमा क्यानडाले सन् २०१८ को डिसेम्बर १ मा पक्राउ गरेको थियो । उनलाई अमेरिकासमक्ष सुपुर्दगी गर्ने भनिएको थियो ।
खासमा मङ चीन र अमेरिकाबीचको व्यापारयुद्धको अवाञ्छित शिकार बनेकी थिइन् । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिबन्धका कारण इरानसँग कुनै पनि कारोबार गर्न देशहरूलाई छुट छैन । तर हुआवेले उक्त प्रतिबन्धलाई तोडेको र ठगी गरेको आरोप लगाउँदै अमेरिकाको जस्टिस डिपार्टमेन्टले अनुसन्धान थालेपछि क्यानडा पुगेकी मङलाई पक्राउ गरिएको थियो ।
मङविरुद्ध न्युयोर्कको ईस्टर्न डिस्ट्रिक्ट अदालतमा अभियोगहरू दायर गरिएको र त्यस अभियोगको सामना गर्नका लागि उनलाई क्यानडाबाट अमेरिकामा सुपुर्दगी गर्न खोजिएको थियो ।
चीनसँग व्यापारयुद्ध चर्काएको अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनले हुआवेका उत्पादनहरू राष्ट्रिय सुरक्षाका लागि जोखिमका रूपमा रहेको भन्दै त्यसमाथि कडा निगरानी गर्न थालेको थियो । स्मार्टफोन तथा टेलिकम्युनिकेसनका उपकरणहरू (विशेषगरी ५जी प्रविधि) संसारभरि बेच्ने हुआवेमार्फत चीन सरकारले अमेरिकीहरूका विरुद्ध जासूसी गरिरहेको आरोप ट्रम्प प्रशासनले लगाएको थियो । हुआवेले यी सबै आरोपको खण्डन गर्दै आफूहरूले कुनै पनि नियमकानून नतोडेको बताएको छ ।
जासूसीको आरोप लगाए पनि अमेरिकाले त्यसको दह्रो प्रमाण भने दिन सकेको थिएन । यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, ५जी प्रविधिमा चीनको अग्रणी भूमिका रहेकोमा त्यसलाई अघि बढ्न नदिने अमेरिकाको योजना थियो । हुआवेको प्रतिष्ठा, विश्वव्यापी बजार तथा आपूर्ति शृंखलालाई ध्वस्त पार्ने ट्रम्प प्रशासनको योजना थियो ।
आफूले मात्र नभई आफ्ना साझेदारहरूले समेत हुआवेका उत्पादन उपयोग नगरून् भनी अमेरिकाले पैरवी गरेको थियो । फलस्वरूप, अस्ट्रेलिया र न्युजील्यान्डले पनि आफ्ना टेलिकम्युनिकेसन कम्पनीहरूलाई ५जी मोबाइल नेटवर्कमा हुआवेको उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाए ।
तर न्युजील्यान्डले हुआवेमाथिको प्रतिबन्ध नलगाएको पछि गएर स्पष्ट पारेको थियो । जासिन्दा आर्डर्नको नेतृत्वमा रहेको न्युजील्यान्ड सरकारले चीनविरुद्ध अन्य साझेदार जस्तो गरी नलाग्ने स्पष्ट संकेतहरू दिइरहेको छ ।
हुन पनि सस्तो र अत्याधुनिक प्रविधियुक्त हुआवेका उत्पादनमार्फत दूरसञ्चारको क्षेत्रमा मात्र नभई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मा पनि न्युजील्यान्डले धेरै लाभ लिने योजना बनाइरहेको छ । हुआवे ब्लगमा एन्ड्रु बोवाटरले उल्लेख गरेअनुसार, हुआवेको स्मार्ट फोटोभोल्टाइक सोलुसनले सौर्य ऊर्जाको क्षेत्रमा क्रान्ति ल्याउँदै सोलर प्यानलहरूलाई कृत्रिम बौद्धिकतामार्फत परम्परागत प्यानलहरूको तुलनामा ३० प्रतिशतभन्दा बढी ऊर्जा दिलाउन सफलता पाएको छ । स्वच्छ ऊर्जामा जानुपर्ने अहिलेको आवश्यकतालाई हुआवेको उत्पादनले यसरी सार्थक सहयोग गरेको छ ।
न्युजील्यान्ड जस्तै दक्षिण अमेरिकी मुलुकहरूले पनि हुआवेको उत्पादन प्रयोग नगर्न अमेरिकाले दिएको दबाबको प्रतिकार गरिरहेका छन् ।
हुआवेका उत्पादन सस्तो भएकाले धेरै देशहरू यसप्रति आकर्षित छन् । चीन सरकारले गलत तरिकाले सब्सिडी दिएको भएर हुआवेको दाम सस्तो भएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर सस्तो भएसँगै हुआवे नोकिया र एरिकसन जस्ता प्रतिस्पर्धीहरूको तुलनामा प्राविधिक रूपमा बलियो छ । त्यसैले विभिन्न मुलुकहरूले यसलाई अपनाएका छन् ।
इन्टरनेटको भविष्यलाई आकार दिने काम हुआवेले गर्न लागेको देखेपछि अमेरिकाले त्यसलाई रोक्न खोजेको स्पष्ट छ । तर यस महत्त्वपूर्ण भूराजनीतिक लडाइँमा अमेरिका विफल भएको छ । बेलायत लगायत अमेरिकाका साझेदारहरूले समेत हुआवेका उत्पादन उचित निगरानीका साथ उपयोग गर्ने भएपछि अमेरिकाले चीनलाई प्रविधिको क्षेत्रमा अग्रता कायम गर्नबाट रोक्न नसक्ने स्थिति छ ।
हुन पनि प्राविधिक दुनियाँ अत्यन्तै जटिल छ । अनि विश्वव्यापी आपूर्ति शृंखलाहरू अन्योन्याश्रित छन् । र आधुनिक जीवनमा उपयोग गरिने प्रविधिहरू एकअर्कासँग गहिरो गरी जेलिएका छन् । त्यसैले तत्कालीन ट्रम्प प्रशासनले चाहेमुताबिक चीनलाई प्रविधि तथा कारोबारको क्षेत्रमा सम्बन्ध विच्छेद गराउन सम्भव थिएन ।
बहालवाला बाइडन प्रशासनले यो कुरा राम्ररी बुझेको देखिन्छ । त्यसैले उसले मङविरुद्धको सुपुर्दगीको अनुरोधलाई फिर्ता लियो । त्यसपछि क्यानडाले मङलाई थुनामा राखिरहनुपर्ने कुनै कारण थिएन ।
यसबीचमा चीनले पनि क्यानडाका दुई नागरिकलाई बन्दी बनाएर राखेको थियो । माइकल स्पाभोर र माइकल कोभरिगलाई चीनले एक हजार २० दिनसम्म थुनामा राखेको थियो । त्यसले गर्दा क्यानडा सरकारले चीनविरुद्ध बन्धक कूटनीति (होस्टेज डिप्लोमेसी) को आरोप लगाएको थियो ।
हुन पनि मङलाई स्वेच्छाचारी रूपमा पक्राउ गरेपछि प्रतिशोधका रूपमा दुई माइकललाई चीनले पक्राउ गरेको हो । तर मङलाई क्यानडाले रिहा गरेसँगै उनीहरू पनि घर फर्किन पाएका छन् र यस प्रकरणको सुखद अन्त्य भएको छ ।
यस प्रकरणबाट क्यानडाको कमजोर हैसियत छताछुल्ल भएको छ । अमेरिकाको भूराजनीतिक लडाइँको हतियार बन्ने अनि अमेरिकाको परराष्ट्रनीतिलाई आँखा चिम्लेर अनुसरण गर्ने काम क्यानडाले गरेको देखियो । उसको सार्वभौम रणनीतिक स्वायत्तता कतै झल्किएन ।
मङ प्रकरणपछि अमेरिका र उसका साझेदारहरूले चीनलाई उन्नाईसौं शताब्दीमा जस्तो अपमान गर्न सफलता नपाएको र देशभक्ति तथा राष्ट्रिय संकल्पको प्रदर्शन भएको चिनियाँ जनताको सोच छ । जस्तो कठिन परिस्थिति बेहोर्नुपरे पनि चिनियाँ मानिस पश्चिमीहरूसँग नझुक्ने यसले देखाएको छ ।
ग्लोबल टाइम्समा छापिएको चन छिङछिङ, शन वेतुवो र साओ सिछीको लेखमा उल्लेख भएअनुसार, कानूनी र राजनीतिक लडाइँमार्फत चीनले यस प्रकरणको सुखद अन्त्य गर्न सकेको हो । थ्यानचिनमा चीन र अमेरिकाका शीर्ष अधिकारीहरूबीचको वार्तामा मङको रिहाइलाई चीनले पूर्वशर्त बनाएको थियो ।
मङविरुद्धको आरोपमा दम हुन्थ्यो भने अमेरिकाले कुनै हातलमा पनि उनीविरुद्ध अभियोग पुष्टि गरेर सजाय दिन्थ्यो । तर चीनलाई रोक्नका लागि खेलेको भूराजनीतिक खेलको शिकार मङलाई बनाएको अमेरिकाले अन्ततोगत्वा त्यसबाट आफ्नो पक्षमा कुनै परिणाम नआएको देखेपछि उनलाई रिहा गरेको हो ।
पूर्ववर्ती ट्रम्प प्रशासनले चीनलाई विश्व आपूर्ति शृंखलाबाट बाहिर राख्न गरेको मूर्खतापूर्ण प्रयास कुनै पनि हालतमा सफल हुँदैनथियो र बाइडन प्रशासनले त्यो कुरा बुझेको छ ।
चीनसँगको भूराजनीतिक प्रतिस्पर्धामा व्यक्तिलाई शिकार बनाउन नहुने पाठ अमेरिकाले पढेको हुनुपर्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...