×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्षको कार्यकक्षमा नेताका फोटा, प्रधानमन्त्री देउवाको फोटो भने अटाएन !

असोज १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी कार्यालयहरूमा राष्ट्रपति, प्रधानमन्त्रीको फोटो राखिनु स्वाभाविक हो । एक हिसाबले भन्दा यसलाई मर्यादा नै मान्नुपर्छ ।

Sagarmatha Cement
Muktinath Bank

केही कार्यालयमा मुख्यमन्त्रीको समेत फोटो राखिएका हुन्छन् । तर मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयमा दलका नेताको समेत फोटो राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसदेखि कम्युनिस्टसम्मका नेताहरूको फोटो गाउँपालिकाका प्रमुखको कार्यकक्षमा राखिएका छन् । कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह श्रेष्ठ, गिरजाप्रसाद कोइराला लगायतको फोटो राखिएको छ भने पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायत कम्युनिस्ट नेताको फोटो पनि राखिएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

विभिन्न कालखण्डमा देशको परिवर्तनका लागि योगदान गर्ने नेताहरूको फोटो राखिएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । 

‘राजनीतिभन्दा पनि देशलाई उहाँहरूले गरेको योगदानलाई कसैले पनि बिर्सिनु हुँदैन,’ उनले भने, ‘विश्वेश्वर नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, गिरजाप्रसाद कोइरालाले दश वर्षे जनयुद्धमा रहेको तत्कालीन माओवादीलाई शान्ति सम्झौता गर्न खेलेको भूमिका, गणेशमान त्यागी नेता, मनमोहन गाउँको मुहार फेर्ने नेता र नेपाली कम्युनिस्ट आन्दोलनको हस्तीका रूपमा पुष्पलाल र मदन भण्डारीलाई लिएको छु ।’

काफ्लेले एमालेबाट चुनाव जितेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यमन्त्री भीम आचार्यको फोटो भने अध्यक्ष काफ्लेले हटाएका छन् । प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री शेरधन राई हुँदासम्म भने उनले दुवैको फोटो राखेका थिए ।

देउवा ओलीलाई हटाएर प्रधानमन्त्री बनेको र आचार्यसँग लाइन नमिलेका कारण फोटो हटाएको हुनसक्ने गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।

काफ्लेले भने संघ र प्रदेशमा सरकारहरू अस्थिर हुन थालेपछि फोटो हटाएको दाबी गरे ।

काफ्ले एमाले अध्यक्ष केपी ओली पक्षीय नेता हुन् । 

उनले राष्ट्रपतिको फोटो आफू बस्ने भन्दा माथि राखेका छन् भने अन्य फोटोहरू साइडमा राखेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x