×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री फेर्ने कसरत

भागबण्डा नमिल्दा अन्योलमा प्रदेश १ को विपक्षी गठबन्धन, अविश्वास प्रस्तावको तयारीमा ब्रेक !

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी गठबन्धनको तयारीमा तत्कालका लागि ब्रेक लागेको छ ।

Muktinath Bank

मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया शुरू नगरे अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने निर्णय गठबन्धनले भदौ ३० गते गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषय नटुंगिँदा गठबन्धनलाई आफ्नै निर्णय निल्नु न ओकल्नु भने जस्तै भएको छ ।


Advertisment
Nabil box
Kumari

अविश्वासको प्रस्तावमा नै मुख्यमन्त्रीको उम्मेदवार तोक्नुपर्ने कानूनी बाध्यताका कारण गठबन्धनमा आबद्ध दलहरू असोज २२ सम्म कुर्न बाध्य भएका छन् ।

Vianet communication
Laxmi Bank

प्रदेश संसदीय दल समेत विभाजन भएको १ महिना पुग्ने भएकाले त्यसभित्रै मुख्यमन्त्रीले आफैं विश्वासको मत लिनुपर्ने हुन्छ ।

केन्द्रमा सरकार विस्तारमा ढिलाइ हुँदा प्रदेश १ मा समेत त्यसको असर परिरहेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध छन् ।

असोज ७ गतेभित्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई परिवर्तन गर्ने रणनीतिमा समेत गठबन्धन असफल बनेको छ ।

केन्द्रमा दलहरूबीच भागबण्डा नटुंगिँदा प्रदेशका नेताहरूले गरेको माग सुनुवाइ हुन सकेको छैन । प्रदेश प्रमुख नफेरिँदासम्म मुख्यमन्त्रीविरुद्ध फायर खोलिहाल्न पनि नेताहरू हिच्किचाएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश प्रमुख नफेरिँदा अलमल भएको बताए । अरू प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरिहालेको सरकारले प्रदेश १ मा ढिलाइ गर्नु विडम्बना भएको उनको भनाइ छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सम्बन्धमा थप छलफल गरेर मात्र निर्णय लिइने एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले बताए ।

मुख्यमन्त्रीका आकांक्षी समेत रहेका राईले गठबन्धनका नेताहरू कतिपय बाहिर रहेकाले पनि उनीहरू प्रदेशमा फर्किएपछि छलफल हुने जानकारी दिए ।

भावी मुख्यमन्त्रीका रूपमा कांग्रेसबाट राजीव कोइराला र एकीकृत समाजवादीबाट राजेन्द्र राईको नाम चर्चामा छ । 

प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी एकीकृत समाजवादीले गरिरहेको छ भने कांग्रेसको संस्थापन इतर खेमाले यी दुईमध्ये एक प्रदेश मात्र एकीकृत समाजवादीलाई दिन सकिने धारणा राख्दै आएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केही दिनअघि गृहजिल्ला मोरङ आएका बेला प्रदेश १ र बाग्मतीमध्ये एउटा मात्र प्रदेशको नेतृत्व एकीकृत समाजवादीले पाउने दाबी गरेका थिए ।

उनले सकभर प्रदेश १ मा कांग्रेसकै सरकार बनोस् भन्ने आफूहरूको चाहना रहेको बताएका थिए ।

हाल कांग्रेस र एकीकृत समाजवादीबीच को मुख्यमन्त्री बन्ने भन्ने होडबाजी चलिरहेका बेला माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले समेत च्याँखे थाप्न थालेका छन् ।

उनले दुई दलबीच सहमति नजुटे आफू नेतृत्व लिन तयार रहेको र त्यसैअनुसार दाबी गर्न प्रचण्डलाई समेत फोनमार्फत आग्रह गरेको उनीनिकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।

मुख्यमन्त्री र प्रदेश प्रमुखको विषय टुंगो नलाग्दा विपक्षी गठबन्धन मुख्यमन्त्री आचार्यकै मूभ कुरेर बस्ने स्थितिमा पुगेका छन् । 

मुख्यमन्त्रीले विश्वासको मत मागेमा त्यसलाई विफल बनाएर नयाँ सरकार गठनको गृहकार्य थाल्ने मनस्थितिमा गठबन्धनका नेताहरू देखिन्छन् ।

यता मुख्यमन्त्री आचार्य भने गठबन्धनकै केही सांसद चोरेर विश्वासको मत लिन सकिन्छ कि भन्ने हिसाब किताबमा रहेको उनीनिकट स्रोतले जानकारी दियो ।

आचार्यले सदनबाट विश्वासको मत प्राप्त गर्ने विश्वासका साथ हिउँदे अधिवेशन बोलाउन सिफारिश गरेको बताउँदै आएका छन् । 

मन्त्रिपरिषदको निर्णयपछि असोज २२ गतेलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हिउँदे अधिवेशनको आह्वान गरेका छन् ।

९२ सदस्यीय प्रदेश सभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सदस्य छन् ।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x