×

NMB BANK
NIC ASIA

३८ क्विन्टल सुन तस्करी मुद्दा : आजबाट शुरू भयो अन्तिम सुनुवाइ

असोज १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ शुरू भएको छ । 

Muktinath Bank

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा आइतवारदेखि सरकारी वकिलका तर्फबाट बहस शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी वकिलका तर्फबाट मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मनिषबाबु पोखरेलले अवैध सुन चोरी निकासी र पैठारीका विषयमा बहस गरेका छन् । ७७ जना प्रतिवादी रहेको मुद्दाको अवैध सुन चोरी निकासी र पैठारी शीर्षकमा नेपाल प्रहरीका एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीलगायत ३ जनालाई भने प्रतिवादी बनाइएको छैन । 


Advertisment
Nabil box
Kumari

जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले मुद्दामा सरकारी वकिलको बहस सोमवारसम्म जारी रहने जानकारी दिए ।  

Vianet communication
Laxmi Bank

मोरङ उर्लाबारीका गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको मुद्दा असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेदाहेर्दैमा स्थगित गरीएको थियो ।  

तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले करेन्ट लगाएर यातना दिँदै २०७४ फागुन १८ मा उर्लाबारी १ मा सनम शाक्यको हत्या गरेको थियो । 

हत्यापछि धरानमा एक रात राखेर शाक्यको शव विराटनगर ल्याइएको थियो । शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई शुरूमा पक्राउ गरेको थियो । त्यो समयमा गोरे भने फरार थिए । पछि उनी पक्राउ परेका हुन् । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेलसमेत मुछिएका छन् ।  प्रतिवादी बनाइएकामध्ये खत्री र राउत थुनामा रहेका छन् । बाँकी प्रहरी अधिकारी भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् । 

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चार वटा शीर्षकमा मुद्दा दायर गरेको थियो । 

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

शुरूमा ६३ जना मात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पुरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका छन् । ५५ जना प्रतिवादी पक्राउ परे पनि २२ जना अझैसम्म फरार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x