×

NMB BANK
NIC ASIA

हकप्रद शेयरका सम्बन्धमा नियमन आयोगको उदार नीति

असोज १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद शेयरका सम्बन्धमा नयाँ बन्दोबस्ती गरेको हो ।

Muktinath Bank

आयोगले हालै स्वीकृत गरेको उक्त निर्देशिकाअनुसार हकप्रद शेयरका सम्बन्धमा उदार नीति लिएको हो । आयोगले यस निर्णयले केही विकृति ल्याउनसक्ने आशङ्का यसअघि नै प्रकट भएको थियो । आयोगले कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सोभन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजना वा सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद शेयर बिक्री गर्न पाउने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेका वा गर्न गइरहेको आयोजनामा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर बिक्री गर्न सक्ने भएको तर त्यसरी हकप्रद शेयर बिक्री गर्दा आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको हुनुपर्नेछ । निर्देशिकाअनुसार हकप्रद शेयरको निष्कासनका लागि आवेदन दिँदा सहायक कम्पनीमा रहने मुख्य कम्पनी र अन्य शेयरधनीको कति कति प्रतिशत हेयर कायम रहने हो, त्यससम्बन्धी विवरणसमेत भर्नुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

    यसअघि शेयर बिक्री गरिसकेको जलविद्युत् कम्पनीले ५१ प्रतिशत वा सोभन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणका लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । यस्ता आयोजनामा बढीमा २०० प्रतिशतसम्म वा कायम रहेको पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

Vianet communication
Laxmi Bank

    आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएका कम्पनीमा बढीमा आफ्नो पूँजी बजार अथवा १ बराबर १ को अनुपातसम्म मात्र हकप्रद निष्कासन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युत्को व्यापारिक उत्पादन सुरु गरेको हुनुपर्ने नयाँ व्यवस्था निर्देशिकामा छ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्ता पूँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश ग्रहण गरेको हुनुपर्नेछ । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको र आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भएको हुनुपर्नेछ । त्यस्तै मुख्य जलविद्युत् कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचीकृत भएको कम्पनी हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

    साधारण शेयर निष्कासन गरिसकेको हाइड्रोपावर कम्पनीले विविध कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेको अवस्थामा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्थासमेत निर्देशिकामा छ । तर यसका लागि आयोजना निर्माणको लागत काबुबाहिरको परिस्थितिका कारणले बढ्न गएको अवस्था हुनुपर्नेछ । आयोगले काबुबाहिरको स्थिति भनेर दैवी प्रकोप वा प्राकृतिक विपत्ति, कुनै महामारी रोग फैलिएको अवस्था र लडाइँ, द्वन्द्व, नाकाबन्दीजस्ता कारणले विध्वशात्मक कार्यको कारण निर्माण सम्पन्न हुन नसकेको हुनुपर्नेछ । निर्माणलागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि हकप्रद शेयर निष्कासन गर्न सक्नेछ । काबुबाहिरको कारणले निर्माण सम्पन्न हुन नसकेको अवस्थामा हकप्रद निष्कासन गर्दा आयोजनाको भौतिक प्रगति कम्तीमा ८० प्रतिशत भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x