×

NMB BANK
NIC ASIA

ला लिगा : लिभान्तेमाथि बार्सिलोनाको सानदार जित

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युवा स्टार अन्सु फाती १० महिनापछि फर्किएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई ३–० गोलले हरायो ।

Muktinath Bank

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपाए, लुक डि जोङ र अन्सु फातीले गोल गरे । सातौं मिनेतमा डिपाएले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । लिभान्तेका नेमान्जा राडोजाले डिपाएलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसलाई डिपाएले सही सदुपयोग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए । लगातार गोलको अवर बनाएको बार्सिलोनाले पहिलो हाफमै थप तीनवटा अवसर खेर फालेको थियो । ७० प्रतिशत बल पोसेसन राख्न सफल बार्सिलोनाले २० वटा पोस्ट प्रहार गरेको थियो । तर बार्सिलोनाले तेस्रो गोल इन्जुरी समयमा पुगेर थप्न सक्यो ।


Advertisment
Nabil box
Kumari

३० प्रतिशत बल पोसेसन राखेको लिभान्तेले ६ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा अतिरिक्त खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान प्रवेश गरेका थिए । गत नोभेम्बरमा घाइते भएका फाती कमब्याक गरेको पहिलो खेलमै गोल गर्न सफल भए । बार्सिलोनाका सर्जिनो डेस्ट ‘म्यान अफ दी म्याच’ भए ।

Vianet communication
Laxmi Bank

जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ । लिगमा अपराजित यात्रा कायम राखेको बार्सिलोनाको ६ खेलबाट १२ अंक पुगेको छ । पराजित लिभान्ते चार अंक सहित १७औं स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १७ अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ । आइतबार रातिनै भएको खेलमा सोसिडाड इल्चेलाई १–० गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । सोसिडाडको जितमा माइकल ओयर्जाबलले ८१औं मिनेटमा निर्णायक गोल गरे । उनले इगोर जुबेल्डियाको पासमा गोल गरेका थिए । हारसँगै ६ अंक बनाएको इल्चे १५औं स्थानमा छ ।

अन्य खेलमा बेटिसले गेटाफेलाई २–०, रायो भालेकानोले क्याडिजलार्ई ३–१ र ओसासुनाले मालोर्कालाई ३–२ गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x