माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
असोज ११, २०७८
काठमाडौं निवासी हरि मानन्धर काम विशेषले आज विराटनगर जाँदै थिए । तर विराटनगर पुग्न नपाउँदै उनी चढेको विमानमा खराबी आयो । विमानलाई काठमाडौंमै आकस्मिक अवतरण गराइयो।
जहाजको गियर (चक्का) खुलेको र लक पनि भएको कुरा ड्यासबोर्डमा इन्डिकेट गर्ने इन्डिकेटरमा बत्ति नबल्दा जहाज अवतरण हुन सकिरहेको थिएन ।
काठमाडौंमा सफल अवतरण गरिएपछि विमानमा सवार ७३ यात्रु र चालक दलका ४ सदस्यको ज्यान जोगिएको छ। विमान 'फोर्स ल्यान्डिङ'पछि यात्रु मानन्धरले त्यो त्रासदीपूर्ण क्षणको अनुभव लोकान्तरसँग बाँडेका छन् ।
प्रस्तुत छ मानन्धरको अनुभव उनकै शब्दमा :
बिहान ८:०५ मा जहाज काठमाडौंबाट उडेको थियो। करीब ९ बजेतिर विराटनगर पुग्न लाग्दा जहाज ल्यान्ड हुन नसकेको कुरा थाहा पायौं ।
जहाजले विराटनगरको आकाशमा ३/४ फन्को मारिसकेको थियो । त्यसपछि हामीलाई चिन्ता हुन थाल्यो । कहिलेकाहीँ हावामा पनि जहाज होल्ड हुने गर्छ, केही समस्या भयो होला भनेर मैले सोचेको थिएँ। विराटनगरमा ल्यान्ड नगरे भोजपुरतिर लग्ला कि भन्ने पनि सोचें । तर केही समयपछि एयर होस्टेसले विमानमा केही प्राविधिक समस्या भएको छ, त्यसकारण हामी विराटनगरमा ल्यान्ड गर्दैनौं, काठमाडौं फर्किन्छौँ भनेर अनाउन्स गरिन् ।
ठिकै छ, त्यहाँ अवतरण गरेर फेरि हामीलाई विराटनगर ल्याउलान् भनेर हामी ढुक्क भएर बसेका थियौं। तर जब विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक आएर काठमाडौंमा पनि अवतरण नगरी आकाशमा घुम्न थाल्यो, तब हामीलाई चिन्ता लाग्न थाल्यो । कहिले कोटेश्वरतर्फ लागिएको थियो भने कहिल्यै बौद्धतर्फ । कहिले तलतिर, कहिले एकदमै हाइटमा जहाज उडाइएको थियो । त्यसपछि जहाजमा यात्रारत सबै यात्रु डराउन थाले ।
तल जहाज जब विमानस्थल नजिक आयो तब झ्यालबाट हेर्दा त्यहाँ ८ सयदेखि हजार जनाको संख्यामा सुरक्षाकर्मी, सेनासहित मानिसहरू देख्यौँ । त्यसपछि हामी अब मर्ने भयौं भन्ने कुरा सबैको मनमा लाग्यो । अब बाँचिँदैन भनेर सबै आत्तिएका थिए । एयर होस्टेसलाई सोध्दा केही भएको छैन, सामान्य प्राविधिक समस्या हो भनेर मात्र भनिरहे । तर, उनीहरूको अनुहारमा डरको भाव प्रस्टै देखिएको थियो । उनीहरूले पनि बेलाबेला झ्यालबाट तल हेरिरहेका थिए । अब हामी सबै मर्ने भयौं भनेर रुवाबासी भयो ।
२ घण्टादेखि जहाज आकाशमा थियो, ल्याण्ड हुन सकिरहेको थिएन । त्यसपछि त यात्रुहरूले अब हामी मर्ने भयौं भनेर आफन्तलाई फोन गर्न थाले । केहीले म्यासेज गरे । बाँच्छौं भन्ने कसैले पनि सोचेका थिएन । सबैको होश उडेको थियो। अब के गर्ने भनेर सबै डराएका थिए ।
पछि विमानस्थलको रनवेको आधा मार्गमा पुगेर जहाजको सफल अवतरण गराइएको थियो। जहाज सफल तरिकाले अवतरण भएपछि बल्ल हामी बाँच्यौं भन्ने लागेको थियो। सबैले भगवानलाई सम्झिएर पुनर्जन्म भयो भन्दै लामो श्वास लिए ।
जहाजबाट ओर्लिएका सबै यात्रुलाई त्यहाँ विमानस्थलमै मेडिकल चेक जाँच गराइयो। सबै जना नर्मल अवस्थामा थिए।
विराटनगर जाने यात्रुलाई अर्को जहाजबाट फर्काइयो। म भने अब जान्नँ भन्दै काठमाडौं फर्किएँ । मसहित ८ जना जाति टिकट क्यान्सिल गराएर काठमाडौंमा नै बसेका छौं । फर्किने बेला गेटमा एक जना प्रहरीलाई मैले सोधें, के भएको थियो ? त्यसपछि ती प्रहरीले भने, 'तपाईंहरूको दोस्रो जन्म भएको छ, चक्का नै खुलेको थिएन भन्ने कुरा आइरहेको छ ।' जहाजमा के टेक्निकल खराबी भएको थियो त्यो हामीले थाहा पाएनौं, तर हाम्रो पुनर्जन्म नै भएको छ। सौभाग्यवश हामी सकुशल छौं ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...