×

NMB BANK
NIC ASIA

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकम समेट घट्यो

असोज ११, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

आइतवार जस्तै सोमवार पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमवार ७३.०५ अंकले ओरालो लागेर २ हजार ६८५.४१ मा ओर्लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ मा ओर्लिएको छ ।


Advertisment
Nabil box
Kumari

नेप्से ओरालो लाग्दा कारोबार रकम समेत घटेको छ । कूल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

Vianet communication
Laxmi Bank

सोमवारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार रुपैयाँ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४.०८, व्यापार ४१.२६, होटल तथा पर्यटन ९०.१२, विकास बैंक १९४.१, जलविद्युत् ८०.६१, वित्त ११२.९६, निर्जीवन बीमा ४३९.२८, उत्पादन १०४.३९, अन्य ४३.०२, लघुवित्त १३२.४९, जीवन बीमा ४३७.१७, सामूहिक लगानी कोष ०.१६ र लगानी २.८६ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर १३ करोड ५१ लाख ८८ हजार ३८, हिमालयन डिस्टिलरी १२ करोड ९२ लाख १८ हजार ७६०, नेपाल बैंक लिमिटेड १२ करोड ८५ लाख ४९ हजार ६९३ र नेसनल हाइड्रोपावर ११ करोड ९८ लाख ४० हजार ९४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, मैलुङ ओला जलविद्युत् कम्पनी ९.९७, गोर्खाज फाइनान्स ६.०८, मिर्मिरे माइक्रोफाइनान्सको संस्थागत शेयर ४ र एनआईसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले कमाए । गुडविल फाइनान्स ७.८३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ७.७३, नेपाल फाइनान्स ७.७२, कालिका पावर कम्पनी ७.७१ र पोखरा फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x