×

NMB BANK
NIC ASIA

मन्त्री बनाउन माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाए यी ५ जनाको नाम

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने गरी मन्त्री हुने सांसदको नाम टुंगो लगाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सांसद विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउन लागिएको एक नेताले बताए । 


Advertisment
Nabil box
Kumari

एकीकृत समाजवादीको ६ मन्त्रालय पाउने टुंगो लागेको छ तर अहिले ५ जनाको मात्रै नाम पठाइएको ती नेताले बताए । 

Vianet communication
Laxmi Bank

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कुन कुन मन्त्रालय पाउने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले टुंगो लगाएका नाममध्ये प्रेम आले र जीवनराम श्रेष्ठबाहेक पहिलो पटक मन्त्री हुन लागेका नेताहरू हुन् ।

बाँकी रहेको १ मन्त्रालयमा किसान श्रेष्ठ र भवानी खापुङमध्ये १ जनालाई मन्त्री बनाउने भनिए पनि टुंगो लागि नसकेको ती नेताले बताए ।

एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव नेपाललाई दिएको थियो । अध्यक्ष नेपालले स्थायी कमिटीका नेतासँग छलफल गरेर मन्त्रीको नाम छनोट गरेको स्रोतले बताएको छ । 

सत्ता गठबन्धनमा सोमवारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x