×

NMB BANK
NIC ASIA

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’

असोज १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।

Sagarmatha Cement
Muktinath Bank

गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको ?’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।


Advertisment
Nabil box
Kumari

स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको ?’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त ?’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।

Vianet communication
Laxmi Bank

खाँडादेवी गाउँपालिका–६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो ।

पानीको समस्या नै गाउँका जनताको सबैभन्दा ठूलो समस्या भएको बताउँछन् वडाध्यक्ष पुष्कर कार्की । उनी अहिले मुहान उत्खननको योजना बोकेर गाउँपालिकामा धाइरहेका छन् । केही वर्षअघिसम्म मोटरबाटोको योजना बोकेर धाउने गरेका उनी मुहान उत्खननको योजना बोकेर गाउँपालिका र प्रदेशसम्म धाइरहेका छन् ।

उनको अगुवाइमा नमुना मुहान उत्खननको कामसमेत भइसकेको छ । कुवापानीको कुवामा उत्खनन गर्दा पानीको स्रोत पर्याप्त भेटिएपछि उनीसँगै गाउँले पनि हर्षित भएका छन् । अब सुकेका मुहानको क्रमशः उत्खनन गरी पानी निकाल्ने योजना बनाएको वडाध्यक्ष कार्कीले बताए ।

यस वर्ष पनि सो वडामा अर्काे एउटा पँधेराको पानी उत्खनन गर्ने कार्यक्रम राखिएको छ । कुवापानीमा रहेको कुवाको पानी २०७२ सालमा आएको भूकम्पपछि सुकेको थियो । त्यसपछि स्थानीयलाई पिउने पानीको निकै संकट भएको थियो ।

जथाभावी मोटर बाटो निर्माण गरेकाले पानीका मुहान सुक्न थालेको स्थानीय श्रीराम घिसिङले बताए । ‘पहिला मोटर बाटो निर्माण गरे, हामीलाई सुख नै होला भनेर मोटर बाटो बनाउनेमा नै ध्यान गयो,’ उनले भने, ‘मोटर बाटो बनाउँदा कुनै अध्ययन नै नगरीकन काम गर्दा मुहान विस्तारै सुक्दै गए ।’

उनका अनुसार रामेछापका अधिकांश पहाडी मोटर बाटो निर्माण गरिएका स्थानमा मुहान सुकेर पानी आउन छाडेको छ ।

गाउँपालिकाका अधिकांश क्षेत्रमा पानीको अभाव भएपछि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ पनि हैरान भएका छन् । उनले कुवापानीको मुहान उत्खनन गरेपछि पानी आएपछि हरेक ठाउँमा १० मिटर उत्खनन गर्ने योजना बनाएका छन् । ‘कुवामा खन्दा पानी भेटिएकाले अन्य पानी सुकेका मुहानमा पनि यसैगरी उत्खनन गर्ने हो भने पानीको मुहान भेटिने आशा पलाएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘यही सिकाइको आधारमा अब सुकेको पानीका मुहान क्रमशः उत्खनन गर्दै जाने हो ।’

नेपालमा हरेक वर्ष मनसुनको सुरुवातसँगै बाढीपहिरो तथा  अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्ने गर्छ । हरेक वर्ष बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण बर्खायाममा मात्र एक सयको हाराहारीमा नागरिकको ज्यान जाने गरेको छ भने ठूलो धनमालको क्षतिसमेत भइरहेको छ । योसँगै पानीको मुहानहरू सुक्दै गएका छन् । पछिल्लो समय ग्रामीण सडक निर्माण गर्दा वातावरणीय प्रभावको कुनै अध्ययन नगरी गरिएको निर्माणले जोखिम निम्त्याउँदै गएको वातावरणविद्हरूले बताउँदै आएका छन् ।

वातावरणविद् डा. रोशन शेरचनको बुझाइमा जथाभावी भौतिक संरचना निर्माणले प्रकृतिमा दख्खल पुगेको हो । ‘हाम्रो देशभरि नै निर्माण गरिएका अधिकांश ग्रामीण सडक वातावरणीय प्रभाव मूल्यांकनबिना नै निर्माण भएका छन्,’ उनले भने, ‘यसरी गरिएका निर्माणले पानीका मुहान सुक्ने र बाढी पहिरोको जोखिम बढी हुने गरेको हामीले देखेका छौं ।’ राजधानी दैनिकमा सबिन शर्माले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x