×

NMB BANK
NIC ASIA

बुटवलका मेयरलाई मुक्का हान्ने व्यक्ति ५ हजार धरौटीमा रिहा

असोज १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) शिवराज सुवेदीलाई पहिरो निरीक्षणका क्रममा मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी १ हप्तापछि धरौटीमा छुटेका छन् ।

Muktinath Bank

पंगेनीलाई अमर्यादित व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो । उनले असोज ४ गते मेयरमाथि मुक्का हानेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उनलाई सोमवार उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले ईलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए । ५ हजार धरौटी राखेर तारेखमा छाडिएको पौडेलले बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले पंगेनीलाई असोज ४ गते साँझ नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । तर पालिकाले पंगेनीमाथि मुद्दा नचलाउन भनेको बताइएको थियो ।

Vianet communication
Laxmi Bank

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरी अमर्यादित व्यवहारसम्बन्धी मुद्दा बनाई जिल्ला प्रशासनमा पेश गरेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुँवरले घटनाको प्रकृति हेरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिएको बताए ।

‘हामीले केही दिन राखेर अनुसन्धान गरेपछि जिल्ला प्रशासनमा मुद्दा पठाएका थियौं । त्यहाँबाट धरौटीमा रिहा गरिएको छ,’ उनले भने । पहिरोले बुटवल–३ ज्योतिनगरमा २० घर पुरिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x