विमानस्थलमा कंगनाले गरिन् यस्तो गल्ती, मानिसहरूले भने- यो महारानी हो र ? [भिडियोसहित]

विमानस्थलमा कंगनाले गरिन् यस्तो गल्ती, मानिसहरूले भने- यो महारानी हो र ? [भिडियोसहित]

बलिउड अभिनेत्री कंगना राणावत ट्रोलको शिकार भएकी छन् । 


Advertisement

उनलाई कोरोना महामारीका बीच लापरवाही गरेको भन्दै ट्रोल गरिएको छ । 


Advertisement

खासमा कंगना मंगलवार मुम्बई एअरपोर्टमा थिइन् । त्यहाँ उनले सेतो रङको सलवार–सुट लगाएकी थिइन् । उनले चश्मा पनि लगाएकी थिइन् । 

एयरपोर्टको टर्मिनलमा जाने कंगनाले मिडियाको क्यामराअगाडि पोज दिइन्, तर यसक्रममा उनले यस्तो गल्ती गरिन् जसकारण उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । 


Advertisement

भएको के थियो भने उनले फेस मास्क लगाएकी थिइनन्, त्यहीँ एक बोर्डमा स्पष्ट लेखिएको थियो– नो मास्क नो इन्ट्री । तर, उनले बोर्डमा लेखिएको कुरालाई बेवस्ता गर्दै टर्मिनलमा छिरिन् । 

उनको यो भिडियो भाइरल भएपछि एक प्रयोगकर्ताले लेखेका छन्, ‘ वाह, उनले मास्क लगाइनन् सुरक्षागार्डले चेक नै गरेनन् ।’

एकजनाले त के सम्म लेखेका छन् भने, ‘यो कोही महारानी हो र, मास्क नलगाउने ? मानिसहरू यिनलाई आदर्श मान्छन् ।’

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्