खेतबाट बन्दाकोपी काट्ने मजदुरको तलब १ करोड ! विश्राम लिँदा ‘आइसक्रिम’

खेतबाट बन्दाकोपी काट्ने मजदुरको तलब १ करोड ! विश्राम लिँदा ‘आइसक्रिम’

खेतबारीमा काम गर्ने मजदुरको तलब कति होला ? नेपालमा मासिक २०–३० हजार रुपैयाँ मासिक हिसाबले वार्षिक साढे ३ लाख आसपास होला ।


Advertisement

तर इंल्यान्डमा मजदुर अभावका कारण खेतबाट बन्दाकोपी काट्ने मजदुरलाई वार्षिक १ करोड पारिश्रमिक दिने गरिएको छ ।


Advertisement

त्यहाँको कम्पनी फार्मिङ ग्रूप टीएच क्लेमेन्ट्सले मजदुरलाई प्रतिवर्ष ६२ हजार पाउन्ड अर्थात् १ करोड बराबर पारिश्रमिक दिन्छ ।

सामाजिक सञ्जालमा पोस्ट राख्दै कम्पनीले भनेको छ, ‘हामी बन्दाकोपी काट्नका लागि फिल्ड अपरेटर खोजिरहेका छौं । यसका लागि हामी प्रतिघण्टा ३० पाउन्ड (४ हजार ८०० नेपाली रुपैयाँ) दिनेछौं ।’


Advertisement

बन्दाकोपी काटेर विश्राम लिँदा मजदुरलाई आइसक्रिम दिने गरिएको समेत कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

काममा चासो राख्ने व्यक्तिले सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्