×

NMB BANK
NIC ASIA

सर्वदलीय बैठक– संसद् खुलाउन प्रधानमन्त्रीले पहल गर्ने, एमालेले नमाने अध्यादेशमै जान सुझाव

असोज १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमालेको अवरोध खुलाउने विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । 

Muktinath Bank

संसद् अवरुद्ध पारिरहेको विपक्षी दल एमाले नै बैठकमा सहभागी नभएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर प्रयास गर्न रूलिङ गरेपछि प्रधानमन्त्री देउवाले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए थिए । 


Advertisment
Nabil box
Kumari

एकीकृत समाजवादी पार्टी सहभागी हुने बैठकमा सहभागी हुन नसक्ने भन्दै एमालेका नेताहरू बैठकमा सहभागी भएनन् । 

Vianet communication
Laxmi Bank

संसद्को अवरोध खुलाउनेबारे प्रधानमन्त्रीले पहल गर्ने र त्यसमा सबै दलले सहयोग गर्ने छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । 

सर्वदलीय बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले संसद् अवरोध जारी राखे पुनः अध्यादेशको बाटोमा जानुपर्ने विकल्पको बारेमा पनि छलफल भएको बताए । 

‘महत्त्वपूर्ण विधेयकहरू संसद्मा अलपत्र भएका छन् । संसद् अवरोध गरिरहेको एमाले एकीकृत समाजवादी सहभागी हुने बैठकमै आउँदिनँ, एकीकृत समाजवादीका नेताहरू बसेको देशमै बस्दिनँ भन्छ भने के गर्न सकिन्छ र ?’, पाण्डेले भने ।

‘राष्ट्रिय सभाका अध्यक्ष पदीय हिसाबले स्वतन्त्र भए पनि पार्टी निकटताका हिसाबले एमाले अध्यक्ष ओलीसँग निकट छन् । उनले सर्वदलीय बैठक बोलाउन रूलिङ गरेपछि एमाले अध्यक्षकै भाषा बोलेको हुनुपर्छ भनेर बैठक बोलाइएको थियो । तर, एमालेका नेताहरू बैठकमा आएनन्’, पाण्डेले भने, ‘यस्तै ढंगले संसद् अवरोध गरिरह्यो भने स्थगित गरेर अध्यादेशको बाटोमा जानुपर्ने पनि हुन सक्छ ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको बेलामा दुईपटक संसद् विघटन गरेकाले आफैँले विघटन गरेको संसद् किन चल्न दिने भनेर सर्वदलीय बैठकमा एमाले सहभागी नभएको हुन सक्नेबारे छलफल भएको पाण्डेले बताए ।

बैठकले संसद् अवरोध खुलाउन फेरि विपक्षीसँग छलफलको प्रयास गर्ने र विपक्षीले असहयोग गरेमा उक्त सन्देश जनतामा लैजाने विषयमा छलफल भएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले बताइन् । 

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफल र संवाद हो । संसद् अवरोध यसपटक मात्रै भएको हो । यसअघि छलफलबाटै समस्याका समाधान भएका छन् । अहिले एमालेका नेताहरू छलफलमै नआएर संसद् अवरोध खोल्न चाहेको देखिदैन’, पौडेलले भनिन् । 

संसद्को अवरोध खुलाउनका लागि एकपटक फेरि प्रधानमन्त्रीले पहल गर्ने सहमति भएको उनले बताइन् । 

‘प्रधानमन्त्रीलाई फेरि एकपटक विपक्षी दलसँग संवाद गर्ने प्रयास गर्नुस् भनेका छौं । विपक्षी दल मानेन भने यही सन्देश जनतामा जान दिनुपर्छ’, उनले भनिन् ।

अहिल्यै अध्यादेशको विकल्पमा जाँदा राम्रो सन्देश नजाने भएकाले संसद् अवरोध खुलाउनका लागि सबै दलको प्रयास हुनुपर्ने विषयमा छलफल भएको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x