२६ जेठ २०८३, मंगलबार

संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयन गर्न ७८ देशले गरे आग्रह

असोज १५, २०७८
संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयन गर्न ७८ देशले गरे आग्रह

डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नश्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८  देशहरूले आह्वान गरेका छन् ।

ती देशहरूले संयुक्त वक्तव्य जारी  गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानताबारे गहिरो चिन्ता व्यक्त गरेका छन्।  यस वर्ष डीडीपीएको बीसौं वार्षिकोत्सव हो । यस अवसरलाई राज्य र सरोकारवाला निकायले (डीडीपीए) को कार्यान्वयन गर्दै जातिवाद, जातीय विभेद, जेनोफोबिया, असहिष्णुताविरुद्धको लडाइँको रूपमा लिनुपर्ने बताइएको छ। 

सबै मानव  जन्मजात स्वतन्त्र र समान छन् र उनीहरूको समाजमा रचनात्मक योगदान गर्ने क्षमता छ भन्ने कुरामा जोड दिँदै वक्तव्यमा भनिएको छ- जातीय श्रेष्ठताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपमा झुटो, नैतिक रूपमा निन्दनीय, सामाजिक रूपमा अन्यायपूर्ण छ र यसलाई खारेज गरिनुपर्छ । 

यस्तै 'नश्लवाद, जातीय भेदभाव, जेनोफोबिया र सम्बन्धित असहिष्णुताको कुप्रभावले समाज आज पनि आक्रान्त छ र यसको अन्त्यका लागि यथाशीघ्र डीडीपीएको कार्यान्वयन हुनुपर्छ,'  भनिएको छ । 

अफ्रिकी र अफ्रिकी मूलका मानिसहरू, एसियाली र एसियाली मूलका मानिसहरू र आदिवासीहरू लामो समयदेखि प्रणालीगत नश्लवाद, जातीय भेदभाव र घृणाजन्य अपराधबाट पीडित छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्