२७ जेठ २०८३, बुधबार

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुने

ब्रिटिस कलेजमा नयाँ विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई हुने

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गर्न लागेको हो । 

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाइ संचालन गर्न लागेको हो । यो नयाँ विषयको पढाई युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई)को

सम्वन्धनमा संचालन हुनेछ । बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाईलाई संचालन गर्नेछन् ।

कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजले लक्ष्य लिएको छ ।

बढ्दो माग अनुसारको पढाई संचालन गर्दा विद्यार्थीहरुले उचित अवसर समेत प्राप्त गर्ने कलेजको विश्वास छ । बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय विद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाट रोक्नको लागि यो विषयको डिजाइन गरिएको छ ।
 
कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाईलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणलाई योगदान पुर्‍याउने दावी गरेका छन् । जोशीका अनुसार पढाईलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक प्रयोगशालाको निर्माणको थालनी गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।

त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले संचालन गर्न लागेको नयाँ विषयको पढाई वर्तमान समयको माग भएको बताए । ‘हालको समयमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको माग बढ्दो छ । यसै नोभेम्बर इन्टेकबाट यो विषयको पढाई हामीले संचालन गर्न लाग्दा हामी निकै उत्साहित भएका छौं । साथै, यस विषयको अध्यायन गर्ने विद्यार्थीहरुले अन्तिम वर्ष बेलायतमा नै गएर अध्यायन पूरा गरेको खण्डमा पोस्ट स्टडी वर्क भिसाको लागि समेत प्रकृया अगाडि बढाउन सक्नेछन्,’ मण्डलले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्