२६ जेठ २०८३, मंगलबार

कोरोना अपडेट : थपिए ८६७ संक्रमित, ९ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ८६७ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २१९ नमूना परीक्षणमध्ये ६५९ पीसीआर र २०८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १५७ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ११२३ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । 

हाल मुलुकभर १७ हजार ६४२ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्