×

NMB BANK
NIC ASIA

सभामुखको गलत व्यवहार नसच्चिएसम्म सदनमा एमालेको विरोध जारी रहन्छ– सांसद रावल

असोज १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुलाउने विषयमा सरकारले कुनै चासो नदिएको गुनासो गरेको छ ।

Muktinath Bank

सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँग समय लिएर एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सरकारले प्रमुख प्रतिपक्षी दलसँग संवाद नै नगरेको बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सभामुखको गलत व्यवहार नसच्चिएसम्म संसद्‍मा विरोध जारी रहने बताइन् । 


Advertisment
Nabil box
Kumari

'यो सरकार गैरकानूनी ढंगले अगाडि बढेको छ । अध्यादेशबाट शासन सञ्चालन गर्दैछ । सम्माननीय सभामुखको व्यवहार गैरसंवैधानिक र दलीय स्वार्थकेन्द्रित देखिन्छ । एउटै अवस्था र उस्तै प्रकृतिका घटनामा सभामुखबाट फरक व्यवहार भएको छ । यस्तो फरक र गलत व्यवहार सच्चिएसम्म विरोध जारी रहने कुरा सम्माननीय अध्यक्षज्यूलाई हाम्रो दल नेकपा एमालेको तर्फबाट जानकारी गराउँदछु,' रावलले भनिन् ।

Vianet communication
Laxmi Bank

उनले वर्तमान सरकारले विकास निर्माणका कामलाई पनि ठप्प पारेको बताइन् ।

'भैरहवा विमानस्थलको अवस्था के छ ? काठमाडौं–तराई द्रुतमार्गको अवस्था के छ ? बहुचर्चित निजगढ विमानस्थल के हुँदैछ ? विभिन्न महत्त्वपूर्ण सिँचाइ आयोजनाहरू के हुँदैछ ? सरकारसँग छैन । जवाफ दिने मन्त्री पनि छैन,' रावलले भनिन्, 'आज विकासको गति रोकिएको छ । जनतामा निराशा बढेको छ ।'

वर्तमान सत्ता गठबन्धन एमाले विभाजन गर्नका लागि मात्रै बनेको जिकिर उनले गरिन् ।

'संसद् चलिरहँदा संसद्लाई छलेर जसरी पनि नेकपा एमालेलाई विभाजन गर्न दलसम्बन्धी अध्यादेश जारी गरेर यो सरकारले लोकतन्त्र र दलीय व्यवस्थाको मर्ममाथि सिधा प्रहार गरी व्यवस्था कमजोर बनाएको छ । परमादेशबाट सरकार बनेको ३ महिना पुग्न लाग्दा पनि सरकार विस्तार हुन सकेको छैन । यो गठबन्धन नेकपा एमाले विभाजन गर्न मात्र बनेको हो भनेर आज आमजनताले प्रश्न गरिरहेका छन्,' रावलले भनिन् ।

अघिल्लो सरकारले गरेका राम्रा कामलाई उल्ट्याउने निहुँमा वर्तमान सरकारले लाखौं भूमिहीन सुकुम्बासीको जग्गा पाउने अधिकार खोसेको आरोप सांसद रावलले लगाइन् ।

'विगतको सरकारले अगाडि बढाएका विकासका महत्त्वपूर्ण आयोजना तथा रणनैतिक सडकहरू योजनाबाट हटाउने निर्णय गरेको छ । विकास अवरुद्ध गरेको छ । केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले देशभरी शुरू गरेको लागत संकलन र पूर्जा वितरणको प्रकृया अगाडि बढिरहँदा यो सरकारको पहिलो ध्यान भूमि आयोग विघटनमा गयो । ओली सरकार रहिरहेको भए लाखौं भूमिहीन सुकुम्बासी पूर्जा प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुपर्ने थिएन,' उनले भनिन् ।

परमादेशबाट बनेको सरकारको गैरजिम्मेवारीका कारण नै संसद्  अवरुद्ध गर्न बाध्य हुनुपरेको उनको जिकिर थियो ।

एमालेको विरोधका बावजुद सरकारले राष्ट्रिय सभामा महालेखा परीक्षकको ५८ औं प्रतिवेदन पेश गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x