कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असोज १९, २०७८
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सीआईबीले सोमवार पक्राउ गरेको छ । उनीमाथि बचतकर्ताले सहकारीमा जम्मा गरेको ठूलो रकम (सावाँ र ब्याज) फिर्ता नगरेको आरोप छ ।
बागमती प्रदेशस्थित सहकारी बोर्डले तामाङले करीब ८ अर्ब तिर्न बाँकी रहेको जानकारी आफूहरूले पाएको जनाएको छ । करीब १२ अर्बमध्ये ४ अर्ब रुपैयाँ भने सम्पत्ति बेचेर तिरेको पीडितहरूले नै बताएका छन् ।
तामाङले पीडितहरूले नै पाउनुपर्ने ब्याजको पैसाबाट सोमवार जनही १० हजारका दरले दशैं खर्च उपलब्ध गराएका थिए ।
मंगलवार पनि दशैं खर्च लिने पालो धेरैको थियो । केहीले टोकन समेत लिइसकेका थिए । सञ्चालक पक्राउ परेपछि सहकारी बन्द भयो, उनीहरूले पैसा लिन पाएनन् ।
‘हिजो (सोमवार) मात्रै पनि इच्छाराजले दशैंको समयमा सबैलाई खर्च चाहिन्छ, १० हजारका दरले दिन्छु भन्दै ५ सय जनालाई पैसा दिएका थिए,’ सहकारीको गेटमा उभिएका एक पुरुषले लोकान्तरसँग भने ।
सञ्चालक तामाङले आफ्नो अचल सम्पत्ति बेचेर भएपनि सहकारीका सदस्यलाई पैसा फिर्ता गर्ने बताउने गरेका थिए ।
‘३ वर्षदेखि समस्या छ भन्ने हामीलाई पनि थाहा छ । उस (इच्छाराज तामाङ)ले कतिपयको पैसा फिर्ता पनि दिएको छ । हामीलाई पनि दिन्छु भन्दै थियो,’ ती पुरुषले भने, ‘यसपालि सबैलाई दशैंमा खर्च गर्नुपर्ने छ । सम्पत्ति बिक्री गरेर पैसा ल्याएको छु, सदस्य सबैलाई १० हजारका दरले बाँड्दैछु भनेको थियो ।’
समस्या समाधान गर्नका लागि २ वर्ष अगाडि इच्छाराजले ७३ जनाको समिति समेत गठन गरेका थिए ।
जसमा उनका व्यक्ति र पीडितहरू पनि थिए ।
त्यो समितिले करीब ४ अर्ब रकम फिर्ता गराएको थियो । अब ८ अर्ब बाँकी रहेको समितिका एक सदस्यले नाम नबताउने शर्तमा लोकान्तरसँग भने ।
‘मेरो प्रोपर्टी तपाईँहरू कसैले किन्न सक्नुहुन्छ भने किन्नुहोस् । त्यसबाट तपाईंहरूको पैसा फिर्ता पनि हुन्छ, हिजो मात्रै भनेका थिए,’ एक पीडितले लोकान्तरसँग भने, ‘हामीले हिजो मात्रै पनि धेरै पैसा जम्मा गर्नेसँग सल्लाह गरेका थियौं ।’
यता बागमती प्रदेशस्थित सहकारी विभागले आफूहरूले सञ्चालक र पीडित पक्षलाई बोलाएर छलफल गरिरहेको बताएको छ ।
विभागका रजिष्ट्रार विक्रम पाण्डेले लोकान्तरसँग भने, ‘करीब एक महिनाअघि मात्रै पनि हामीले पीडित र सञ्चालकबीच छलफल गराएका थियौँ ।’
उनका अनुसार सो छलफलमा सञ्चालक तामाङले सम्पत्ति बेचेर भएपनि विस्तारै ऋण चुक्ता गर्दै जाने बताएका थिए ।
विभागका रजिष्ट्रार पाण्डेले भने, ‘उनीहरूको अन्य क्षेत्रमा पनि लगानी भएकाले जसरी पनि तिर्ने बताउँदै आएका थिए ।’
तामाङले विस्तारै पैसा तिर्दै आएको पाएको उनले बताए ।
विभागका एक कर्मचारीले भने, ‘संस्था समस्यामा रहेको विगत ३ वर्षदेखि नै हो । हामीले विभिन्न किसिमले नोटिसमा राखेका थियौँ । विस्तारै रकम तिर्दै आएको अवस्था हो । अहिले चाहिँ बढी नै समस्या देखिएको थियो ।’
हालै मात्र पनि पीडित र सञ्चालक राखेर विभागले एक सहमति गराएको थियो । सो सहमतिमा सञ्चालक र पीडित पक्षले विस्तारै पैसा फिर्ता गर्दै जाने सहमति गरेका थिए ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...