२७ जेठ २०८३, बुधबार

घरआँगनमै अजिंगर देखिएपछि...

असोज २०, २०७८
घरआँगनमै अजिंगर देखिएपछि...
प्रतिनिधिमूकल तस्वीर।

दोधरा चाँदनी नगरपालिका–१ भूमिराजटोलबाट सशस्त्र प्रहरीले मंगलवार आठ फिट लामो अजिङ्गरको उद्धार गरेको छ । स्थानीय बासिन्दाको घरआँगनमै अजिंगर देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बयलबन्दबाट खटिएको टोलीले अजिङ्गरको जीवितै उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर कविराज बोहराको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 

उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्