२७ जेठ २०८३, बुधबार

'सारङ्गी' मदिरा नेपाली बजारमा, कति पर्छ मूल्य ?

'सारङ्गी'  मदिरा नेपाली बजारमा, कति पर्छ मूल्य ?

नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ ।

कम्पनीका अनुसारसारङ्गी,एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ

यसमा हिमालकै सूर,स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ ।

हिमालको काखबाट झरेका निर्मल,कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले यो मदिरा उत्पादन गरेको कम्पनीले दावी गरेको छ

बजारमा बिक्री शुभारम्भका अवसरमा आफ्नो मन्तव्य राख्दै नेचुरल स्पिरिट्स नेपालका  प्रमुख कार्यकारी अधिकृत  परमानन्द पान्डेले भने,'सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाईमा पुर्‍याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नु हुनेमा हामी विश्वस्त छौं । यो मदिरा नै हो,यसैले उपभोक्ता वर्गलाई म हदभन्दा बाहिर नगई यसको आनन्द लिन हुन समेत आग्रह गर्दछु ।'

नेपाली बजारमा सारङ्गी ७५०,३७५ र १८० मिलि प्याकमा उपलब्धरहेको कम्पनीले जनाएको छ

salt training

कमेन्ट गर्नुहोस्